धरान प्रज्ञा प्रतिष्ठानद्वारा बाल नाटक प्रतियोगिता अायाेजना

धरान / रंगकर्मीको उर्भर भूमि धरान केही समय सुस्ताएपछि रंगकर्मीहरुले यसलाई व्युताउन धेरै कोसिस गरिरहेको समयमा धरान प्रज्ञा प्रतिष्ठानले बालबालिका स्तरबाटै रगमञ्चलार्ई जागरुक बनाउन धरानमा बाल नाटक प्रतियोगिता आयोजन गर्ने भएको छ । धरानको कला, संस्कृतिलाई जिवन्तता राख्न धरान उपमहानगरपालिकाले गठन गरेको धरान प्रज्ञा प्रतिष्ठानले यस अघि विद्यालय स्तरीय कविता प्रतियोगिता, नृत्य प्रतियोगिता आयोजना गरिसकेको छ । एक दशक लामो समयसम्म सुस्ताएको रंगमञ्च अहिले रंगभूमि एकाडेमी, आरम्भ नाट्य डबलीजस्ता नाट्य जमातले केही सक्रियता देखाइरहेको बेला यसको प्रवद्र्धनका लागि प्रतिष्ठानले विद्यालयस्तरबाट प्रतियोगितात्मक नाटक प्रदर्शन शुरु गरेको हो ।

हराउदै गएको रंगमञ्चलाई पुन जीवित बनाउन धरान प्रज्ञा प्रतिष्ठानले विद्यालयस्तरीय नाटक प्रतियोगिताको आयोजना यही असार ८ गते धरान ८ को सभागृहमा आयोजन गर्ने भएको हो । प्रतियोगिता आयोजनाका विषयमा प्रतिष्ठानले सोमबार आरम्भ नाट्य डवलीको हलमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । बाल नाटक महोत्सवका कार्यक्रम संयोजक गोपाल देवानका अनुसार धरानका विद्यालयहरु वीच प्रतिष्पर्धात्मक प्रतियोगिता हुने भएको हो ।

बाल नाटक प्रतियोगिता प्रेक्षिका अर्थात १५ मीनेट सम्मको नाटकहरु प्रस्तुत गर्ने संयोजक देवानले पत्रकार सम्मेलनमा बताउनुभयो । २०४६ सालमा अनाम नाट्य जमातले आयोजना गरेको बाल नाट्य मेला पछि आयोजना हुन नसकेको यस्ता कार्यक्रम २९ बर्षपछि धरानमा सोही प्रकारको नाटक प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताले पक्कै पनि भविष्यमा विद्यार्थीहरुमा नाटक र रंगमन्चप्रति आकर्षष र रुची वढाउने विस्वास लिएको संयोजक देवानले बताउनुभयो ।

प्रतियोगितामा ४ सामुदायिक विद्यालय र ९ वटा निजी विद्यालयका १३ वटा विद्यालयका विद्यार्थीहरु प्रतिष्पर्धा गराइने धरान प्रज्ञा प्रतिष्ठानका संयोजक अम्बिका तुम्वाहाम्फेले वताउनुभयो । प्रतियोगितामा प्रदर्शित नाकटहरु मध्ये उत्कष्ट वन्ने ४ समुहलाई पुरस्कार दिइने छ । पहिलो , दोश्रो , तेश्रो र चौथो हुनेलाई नगद पुरस्कार २५ हजार , २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिने संयोजक तुम्बाहाम्फेले वताए । साथै उत्कृष्ट निर्देशक १ जनालाई समेत नगद १० हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरानमा सिस्नो टिप्दै गरेकी वृद्ध महिलामाथि आक्रमण

भौगालिक दृष्टिकोणले विकट धरानको विष्णुपादुका बालमैत्री घोषणा

बालमैत्री घोषणासंगै धरान १४ मा बालबालिकाको सक्रियता बढ्यो

धरानमा प्रस्तुतिगृह अस्तव्यस्त, एउटै बेडमा दुईदेखि तीन जनासम्म पचार गराउन बाध्य

बीपीका चिकित्सक संसारकै उत्कृष्ट : राजदुत पुरी

समाजमा भएको महिला हिंसा, लागू औषध विक्री वितरणका विरुद्ध भूमिपथ टोलसुधार समिति

सुनसरीमा बलात्कारकाे घटना बड्दाे, बोर्डिङ्ग स्कुलका प्रिन्सिपल समेत बलात्कारमा संलग्न

करकाे विराेधमा धरान उपमहानगरपालिका घेराउ

धरानमा सवारी साधनको ठक्करबाट बृद्धको मृत्यु

बजारको खोजी गर्दैै महिला उद्यमी

तपाईको प्रतिक्रिया