धरानमा हाउसफुल “सायद-२”, लाईन बस्दा पनि कतिले “मायाको छोरो” हेर्न टिकट पाएनन् 

असार ३०, इटहरी / आजबाट देशैभर एकसाथ प्रदर्शनमा आएको चलचित्रले पुर्वाञ्चलमा पनि राम्रै प्रतिक्रिया सहित ब्यापार गरेको छ । पुर्वाञ्चलको ईनरुवा देखि लिएर झुम्का, धरान, बिराटनगर, दमक, बिर्तामोड लगायत यहाका अधिकांश हलहरुमा सायद २ प्रदर्शन भएको छ ।
पछिल्लो जानकारी अनुसार धरानमा रहेको २ हल मध्ये एक हल गणेश टाकिज हलमा सायद २ प्रदर्शन भएको थियो । सो हलमा सबै शो हरु हाउसफुल भएको जानकारी हामीलाई प्राप्त भएको छ । यतिमात्र हैन कतिपयले सिट प्याक भएकोले टिकट नपाएको पनि गुनासो गरेका छन् भने अनलाईन बुकिङ्गको पनि व्यवस्था गरिनुपर्ने माग आएको छ। त्यस्तै झुम्कामा पनि ३ हल मध्ये एक हलमा सायद २ प्रदर्शन भएको थियो, त्यहाँ पनि आज सन्तोषजनक ब्यापार भएको जानकारी पाएका छौ । यसरि पुर्वमा पनि अपेक्षा अनुरुप नै चलचित्रले उत्साहजनक सुरुवात गरेकोले निर्माता सुनिल रावलले दंग छन् ।
चलचित्र उपत्यका र उपत्यका बाहिर गरेर ७० भन्दा बढी हलमा आज बाट एकसाथ प्रर्दशन भईरहेको छ । प्रचार प्रचारको बेला दर्शकबाटै ब्यापक साथ् पाएको सायद २ का निर्माता त्यतिखेर नै मक्ख बनेका थिए फिल्मले राम्रो साथ पाउनेमा, जुन कुराको संकेत आज प्रदर्शनको पहिलो दिनमै देखिएको छ l फिल्ममा सुनिलसंगै इस्वर श्रेष्ठ,शुभास लामिछाने लगानी रहेको छ भने यसलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका छन् । राजु विक्रम थापाको छायांकन, दिर्घ खड्काको सम्पादन रहेको छ । फिल्मको यस अघि नै हंगकंग र जापान प्रिमियर गरिएको थियो ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…