धरानमा मिस नेपाल २०१९ को कलेज टुर

धरान/ नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल को २५ औं संस्करणको प्रतियोगी खोज्न आयोजक हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर कक्षपति , मिस नेपाल इन्टरनेशनल २०१६ वर्षा लेखि सहित मिस पुर्वान्चल २०१६ फर्स्ट रनर अप इक्सा मादेन सोमबार धरानको युएन कलेज र महेन्द्र कलेजका बिधार्थीहरु माझ पुगे ।

मिस नेपालको बारेमा कुराहरु गर्दै विभिन्न प्रश्नोतर तथा रोचक कार्यकर्म सहित यामाहा फेसिनोमा फेसबुक लाइक को आधारमा बिधार्थिहरुलाई उपहार समेत राखिएको थियो। सोहि दिन धरानको होटल गजुरमा आयोजित पत्रकार सम्मेलनमा बिगत ६ बर्ष देखि धरानमा मिस नेपालको अडिसन आयोजना गरिरहेको र मिस नेपाल मा देश ब्यापी सहभागिता होश भनेर नै काठमाडौँ बाहिर धरान संगै बिर्तामोड , चितवन , धनगढी , पोखरा , बुटवल लगायतका विभिन्न सहरमा अडिसनको आयोजना गएकोअध्यक्ष गोपाल सुन्दर कक्षपतिले बताउनु भयो। मिस पुर्वान्चल २०१८ बिजेता पूजा श्रेष्ठ यो बर्ष मिस नेपालमा सिधा प्रवेश पाएको र मिस चितवन , मिस पोखरा ,मिस सुदुरपस्चिमाञ्चलले पनि सिधा प्रवेश पाएको उल्लेख गर्नुहुदै यो बर्षको २५ औं बर्षगाठलाइ भब्य रुपमा मनाउने तयारी रहेको बताउनुभयो ।

त्यस्तै आजै गरिएको मिस नेपालको सहभागी हुन चाहने हरुको लागि गरिएको तयारी कक्षामा मिस नेपालको बिषयमा सहभागी प्रतियोगीहरुलाइ मिस नेपाल को बिषयमा बिभिन जानकारीहरु गराइएको थियो । मिस नेपालको धरान अडिसन मंगलबार बिहान धरानको होटल गजुरमा आयोजना हुदैछ ।

 

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…