धरानमा एसइइ स्टेट १ आइडल हुने

सुनसरी / धरानमा ‘एसईई स्टेट–१ आइडल’ हुने भएकाे छ । फक्ताङ्लुङ मिडिया हाउसले एसइइ दिएर बसेका विद्यार्थीहरुलार्इ लक्ष्क्षित गरेर ‘एसईई स्टेट–१ आइडल’ प्रतियोगिता गर्ने भएको हाे । विद्यार्थीमा लुकेको गायन प्रतिभालाई उजागर गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिन लागेको मिडियाका अध्यक्ष डम्बरकुमार तुम्बापोले बताए । एसइइको परिक्षा सकिएको एकहप्ता पछिदेखि ओखलढुङ्गाबाट प्रदेशका १४ वटै जिल्लाबाट अडिसन सुरु गर्ने उनले बताए ।

पहिलो अडिसनमा स्थानीय कलाकारहरु र त्यसपछिका अडिसन राउण्ड भने धरानमा राष्ट्रिय कलाकारहरु सम्मिलित निर्णायक टिमले गर्ने जनाइएकाे छ । विजेताले नगद ५० हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गर्ने छ भने एउटा गीत रेकर्ड गर्ने अवसर प्रदान गरिने भएको छ ।

त्यस्तै युएन कलेजमा प्लस टुमा पूर्ण छात्रवृति प्रदान गरिने छ । फस्ट रनरअपले नगद ३० हजारसहित युएन कलेजमा ५० प्रतिशत छुटमा पढ्न पाउने छन् भने सेकेण्ड रनरअपले नगद २० हजार रुपैयाँसहित कलेजमा ३० प्रतिशत छुटमा पढ्ने अवसर प्राप्त गर्ने उनले बताए । त्यस्तै विभिन्न १० वटा टाइटलमा अवार्ड वितरण गरिने जनाइएकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया