नेपाली कथानक चलचित्र ‘धनपति’को सुखद ओपनिङ

इटहरी / अाज शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आएको प्रतिक्षित फिल्म ‘धनपति’ ले सुखद ओपनिङ गरेको छ । फिल्मले ७५ प्रतिशत माथि अकुपेन्सी प्रदर्शनको पहिलो दिनमा कायम गरेको निर्माता तथा निर्देशक दिपेन्द्र के.खनालले बताए । राजधानीका क्यु.एफ.एक्स, बिग, एफ.क्युव अन्र्तगतका हलहरु लगभग हाउसफूल रहेको दिपेन्द्रले जानकारी दिए । राजधानी र मोफसल गरी करिब ५५ बढी हलहरुमा फिल्म प्रदर्शन भैरहेको छ ।

शनिबार भने क्युएफएक्सले १६ वटा शो उपलब्ध गराएको छ । ‘पशुपति प्रसाद’ पछि खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको फिल्म ‘धनपति’ लाई बिहिबार गरिएको प्रिमियरमा रुचाइएको थियो । फिल्ममा खगेन्द्रको श्रीमतीको भूमिकामा नायिका सुरक्षा पन्तले अभिनय गरेकी छिन् । फिल्मका शनिबारका धेरैजसो शोहरु पनि अग्रिम बुकिङ मार्फत फूल भैसकेका छन् । ‘धनपति’ को पहिलो दिनको ओपनिङ यही टिमलले निर्माणको सफल फिल्म ‘पशुपति प्रसाद’ भन्दा माथिको हो ।

 

तेश्रो साता देखि व्यापारमा तिब्रता लिएको ‘पशुपति प्रसाद’ ले राष्ट्रिय चलचित्र पुरस्कार समेत प्राप्त गरेको थियो । रोजिना सिटौलाले निर्माण गरेको फिल्म ‘धनपति’ लाई खगेन्द्रले लेखेका हुन् ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…