धनगढीबाट सुरू भयाे नेपाल आइडल २ को अडिसन

धनगढी / सुदूरपश्चिममा नेपाल आइडल सिजन २ को अडिसन धनगढीमा सुरु भएको छ । अाज आईतबार धनगढीको सुदूरपश्चिममाञ्चल क्याम्पसमा प्रिजज राउण्ड सकिएको छ भने भाेली सोमबार  शुभश्री प्यालेसमा जज राउण्ड हुने जनाइएकाे छ ।

सिजन १ मा सुदूरपश्चिमबाट गायन प्रतिभाले नेपालगञ्जको अडिसनमा टाढा भएकाले भाग लिन नपाएको गुनासो गरेपछि एपीवान टेलीभिजनले यस क्षेत्रका गायन प्रतिभाको कदरका लागि प्रदेश नम्बर ७ को धनगढीमा सीजन २ को अडिसन राखेको हो ।

धनगढीको अडिसनमा यस क्षेत्रका विभिन्न जिल्लाका गायन प्रतिभाहरुले भाग लिएका छन् । सहभागीको उत्साह देखेर आइडल टोली उत्साहित भएको निर्देशक पौडेलले बताए । ‘सुदूरपश्चिमको कैलाली कञ्चनपुरका साथै अन्य पहाडी जिल्ला, बझाड, बाजुरा, अछाम, दार्चुला, डडेल्धुरा, डोटी र बैतडीका सहभागितहरुको पनि अडिसनमा उल्लेख्य सहभागिता छ । सुदूरपश्चिममा पहिलो पटक अडिसन गरिएको भन्दै सहभागिहरुले खुसी ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया

Loading…