“द्वारिका बोल्दिए मुखै फोरेर ,जुनै हुन भ्रष्टलाई हुन्न छोडेर” भन्दै इटहरीको मेयरको बन्यो यस्तो गित (भिडियो सहित)

इटहरी । केहि समय देखि चर्चामा रहेका इटहरीका मेयर द्धारिकलाल चौधरीको पक्षमा गित बनेको छ । समय सान्दर्भिक शब्दमा गित गाउने क्रममा एडिसन दर्लामी मगरको मिठो स्वर अहिले सम्मको उकृष्ट शब्दमा भ्रष्टाचारीको पक्षमा लागेपछि पत्रकारको नाकको हड्डी भाच्ने धम्की दिएर चर्चामा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी र नेपालीको आवाजलाई बुलन्द गर्दै द्वारिका बोल्दिए मुखै फोरेर ,जुनै हुन भ्रष्टलाई हुन्न छोडेर गित अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

हाल मेयर चौधरीको पक्ष र विपक्षमा तर्कहरु आइरहेका छन् । मेयरको विपक्षमा भन्दा पनि पक्षमा धेरै जनताको आवाज आइरहेको छ ।सामाजिक सञ्जालमा पनि मेयरको पक्षमा कमेन्टहरु आइरहेका छन् । मेयर चौधरीले स्थानीय पत्रकारलाई नाकको हड्डी भाच्ने धम्की दिएका थिए । हातमा कलम छ भन्दैमा सूचना र मिडियालाई दुरुपयोग गरिएको भन्दै हाल पत्रकारहरुको पनि विरोध गरिएको छ ।

हुन्न अब त्यस्तालाई छाडि
भांच्नैपर्छ भ्रष्टको नाक दाँडी ।
द्वारीका बोल्दिए मुखै फोरेर
जुनै हुन भ्रष्टलाई हुन्न छोडेर ।।

भने अझै बोली भो रुखो
पित पत्रकार हरुको मन दुख्यो !

अती गरे बसेनन सहेर
बोली हैन देखाए गरेर ।

राम्रो गर्नुस पुग्नुस है लक्ष्यमा
सबै जनता छौं हामी पक्षमा ।

जो कोही लाई हुँदैन सैह्य
राम्रो गर्दा गरेसी अन्याय ।

नहुन भ्रष्ट श हर र गांउमा
हरेक क्षेत्र हरेक ठाँउ ठाँउमा ।

कानुन के हो बुझ्दैन सरकार
हत्या हिंसा बढेनी अत्याचार ।

कती दिन्छन दुख र भय
अपराधिलाई दिँउ मिली संजाय ।

अपमान हैन गरौं है सम्मान्
मेयर सापमा छ नेपाली स्वाभिमान ।

भ्रष्ट चिन्नुस बन्नुस है खरो
देशद्रोही लाई हान्नुछ बञ्चरो ।

PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…