दोश्रो विश्वयुद्ध लडेका वरिष्ठ कलाकारको निधन, उनी राजदरबार भित्रको हाँस्यकलाकार थिए

ईटहरी/ नेपाली कलाकारिता क्षेत्रमा फेरि अर्को दुखद घटना भएको छ । लामो समय देखि नेपाली कलाक्षेत्रमा निरन्तर सक्रिय अभिनयमा जुटिरहेका वरिष्ठ कलाकार भिम बहादुर थापाको निधन भएको छ । आज बिहान २ बजे उनको निधन भएको खबर सार्बजनिक भएको हो । खोटाङ जिल्लामा बि.स. १९८३ को असार १३ मा जन्मिएका उनी ब्रिटिस आर्मीमा समेत भर्ना भएका थिए । यति मात्र हैन उनले भर्ना पश्चात् सन् १९३९ देखि १९४५ सालसम्म दोस्रो बिश्वयुद्द लडेका थिए ।

उमेरले ९३ बर्ष टेकेका कलाकार भिमले १६० बढी टेलिफिल्म र ९० भन्दा बढी ठूलो पर्दाका नेपाली फिल्महरुमा आफ्नो कुसल अभिनय पस्केका थिए । उनले बेला बेला ‘म राजदरबार भित्रको हाँस्यकलाकार हुँ , दरबारभित्र गएर धेरै पटक हँसाएको छु’ भन्ने गरेका थिए । आउदो असारको १३ बाट उनी ९४ बर्षमा टेक्दै थिए तर उनको जन्मोत्सवको खबर अघि नै मृत्युको खबरले सबै स्तब्ध भएका छन् ।

उनको पार्थिब शरीरको पशुपति आर्यघाटमा आजै दाह सस्कार गरिने भएको छ भने त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा राखिदै छ । घरमै निधन भएका थापा मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट पिडित थिए । थापालाई धेरै जसो कलाकारहरु अभिभावकको रुपमा लिन्छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया