दुई दशकपछि आफ्नो जन्मथलो सप्तरी आए चर्चित गायक उदीतनारायण

काठमाडौँ । आँफु जन्मे हुर्केको स्थानमा जाने जो कोहीलाई पनि रहर हुन्छ । अझ विदेशमा बस्नेहरुलाई त कति बेला पुगु पुगु लाग्छ । नेपालमा जन्मिएर यहीँ हुर्केर पछि बलिउडमा गएर राम्रो ख्याति कमाएका नेपाली मुलका गायक उदीतनारायण झा आफ्नो जन्मस्थल सप्तरीको भारदह आएका छन् । झण्डै दुई दशकपछि आफ्नो जन्मथलो आएका झा एक सातासम्म नेपालमा नै बस्ने तयारी गरेको स्रोतले जनाएको छ ।

लामो समयदेखि कान्छी श्रीमती दीपा झासँग भारतमा नै बस्दै आएका गायक झा जेठी पत्नी रञ्जनासँग मेलमिलाप भएपछि घर परिवारसँग भेटघाट गर्न आएको बताइएको छ । उनी गायन पेशामा लागेर लामो समयदेखि भारतमा बसोबास गर्दै आइरहेका छन् ।

केही समयअघि आफू भारतीय भएको भनेर प्रतिक्रिया दिएर विवादमा फसेका गायक झा बलिउडकै चर्चित गायकहरुमध्येमा पर्छन् । उनले स्वर भरेका कैयौँ नेपाली गीतहरु अहिले पनि चर्चामा छन् ।

PURBELI TV

तपाईको प्रतिक्रिया