“दिल दिल दिल” को म्युजिक भिडियो सार्वजनिक

इटहरी / थारु गित “दिल दिल दिल” को म्युजिक भिडियो शुक्रवार सार्वजनिक भएकाे छ । साेल म्युजिक प्रोडक्सन नेपाल युट्युव च्यानल बाट सार्वजनिक भएकाे साे भिडियाे लाइ धेरै दर्शक स्राेताहरूले रूचाइरहेका छन् । बिलकुलै फरक शैलीमा तयार पारिएकाे याे थारू म्युजिक भिडियाेले बलिउड गितहरूकाे झल्काे दिने बताइएकाे छ । म्युजिक भिडियाेकाे कथावस्तु र डान्स दर्शक स्राेताले धेरै रूचाउने गीतका निर्देशक तथा कोरेओग्राफर रजनीश चौधरीले बिश्वास लिएका छन् ।

गीतमा जेशिका चौधरी र विवेक चौधरीको स्वर रहेकाे छ भने सब्द संगीत विवेक चाैधरीले भरेका छन् त्यस्तै सिनेमाटोग्राफी तथा छायाकन श्रवन कुमार चौधरी गरेका छन् भने गीतकाे निर्माता लोकेन्द्र चौधरी रहेका छन् । इटहरीको इम्पेरीयल लज र टेरेस रेस्टुरेण्ड एंड वारमा छायांग्कन गरिएकाे भिडियोमा रजनीश चौधरी र श्रीजना चौधरीले बेजाेड डान्स देखाएका छन् । साथै साेल डान्स स्टिडियो झुम्काका कलाकारहरुले साथ् दिएका छन् ।
हेर्नुहाेस् भिडियाे . . . .

 

तपाईको प्रतिक्रिया