दिपाश्रीको बिरोध गर्नेको समर्थनमा प्रियंका, लेखिन् ‘वहाँलाइ सकारात्मक ढंगले सच्चाउनुस’

इटहरी / नेपालमा कोरोना महामारी सुरु भएसंगै सुरु भएको लकडाउनले सिनेमा नगरिमा धेरै उथलपुथल ल्यायो । फिल्म छायांकन हुन पाएन, रिलिज हुन पाएन, प्रोमोसन गर्न पाएन, यी र यस्ता कुरा त छदै छ तर नकारात्मकताको चर्चाले सिने नगरीको बाट कता ? भन्ने प्रश्न पनि खडा भएको छ । यो लकडाउनको अबधिमा धेरै झन्डै आधा दर्जन कलाकारहरू विवादको भुमरिमा फसे । सम्भवत यो छोटो अबधीमा यति धेरै कलाकारहरु एकसाथ विवादमा आएको नेपाली सिने उधोगमा पहिलो पटक हुनसक्छ ।

केही विवादहरु बिस्तारै सेलाउदै गएपनी दिपाश्री निरौलाको विवाद भने सेलाउने छाटकाट देखिएको छैन । सेलेब्रेटिकै एक पछि अर्को स्ट्याटसका कारण पनि उनी माथी नकारात्मक प्रतिक्रिया जनाउनेहरुको जमात झनै बढेर गएको सामाजिक संजालमा देख्न सकिन्छ । दिपाको समर्थनमा स्ट्याटस लेख्यो भने त लेख्ने ब्यक्तीकै बिरोध हुन थाल्छ । यता बिरोध गर्नेकै सपोर्ट गर्दै कुनै कलाकारले दिपालाई सम्झाउदै स्ट्याटस लेख्यो भने पनि बिरोध गर्नेको क्रम रोकिदैन ।

महानायक विवादमा फसेकी दिपालाई यतिबेला सबैको साथ र समर्थनको आवस्यकता चाहिएको छ । गल्ती महसुस गर्दै माफी मागीसक्दा पनि यति धेरै तल्लो स्तरको गाली, बिरोध र आलोचना गरिनु अमानवीय हो । यस्तै सिलसिलामा अभिनेत्री प्रियंका कार्की कार्कीले पनि बोलेकी छिन । उनले बिरोध गर्नेकै समर्थन गर्दै आफ्नो फेसबुक आईडिमा एक लामो स्ट्याटस लेखेकी छन् । हेर्नुस् उनको स्ट्याटस जस्ताको त्यस्तै ।

चलिरहेको आदरणीय दिपा दिदीको बिवादले हामी सबैको ध्यान आकर्षण भएको छ। यसै सन्दर्भमा दुई शब्द राख्ने अनुमती माग्दछु।
कसैको तर्क, भाव या बिचार आफुलाइ चित्त नबुझे आवाज उठाउने अधिकार तपाइ सबैमा सुरक्षित छ। चित्त नबुझेको कुरा राख्नुस, वहाँलाइ सकारात्मक ढंगले सच्चाउनुस। वहाँ लगायत हामी सबै तपाईंहरबाट सिक्न चाहन्छौ। तपाईंहरुले माया गर्नुहुन्छ, हामीलाइ हौसला दिनु हुन्छ, हाम्रो खुसीमा सहभागीता देखाउनु हुन्छ र त्येसै गरि, हामीबाट केही गलती भएमा हामीलाइ सच्च्याउने र सकारात्मक ढंगले सही मार्ग देखाउने अधिकार पनि यहाँहरुलाइ छ। र त्यसको सम्मान पनि हामी गर्छौ। तर सच्चाउने क्रममा अस्लिल गाली, गलौच र चरित्र हत्या कृपया नगरिदिनुस। एउटा गलत बोली या तर्कले कोही ब्यक्तीको चरित्रमै दाग लगाइदिनु त राम्रो होइन नि।

हाम्रो आफन्त, आफ्नै छोरा-छोरीले केही गलती गरे, हामी के मुख छाडेर, मन परि अश्लील गाली गर्छौ र? गर्दैन्नौ नि। एउटा अभिभावकको नजरबाट सम्झाउछौ, गलती औल्याउँदै अगाडी बड्ने हौसला दिन्छौ, माफी मागे स्वीकारछौ। यहि तरिका हाम्रा देशका छोरी चेलीको लागि पनि अपनाउन पाए कति राम्रो हुन्थ्यो नि। होइन र?आखिरमा हामी सबै मानिस हौ। हाम्रो मानसिक स्वास्थ पनि प्रभावित हुन्छ, होइन र? यो बिषयमा ध्यान पुराइदिनुस, विनम्र अनुरोध।
धेरै माया।
प्रियंका कार्की

तपाईको प्रतिक्रिया