दिपक-दिपाको ‘छ माया छपक्कै’मा सुपुष्पा भट्ट अनुबन्धित

ईटहरी/ केही समयअघि प्रदर्शन भएको चलचित्र ‘रणविर’मा अभिनय गरेर अभिनयमा आफुलाई अब्बल साबित गरेकी सुपुष्पा भट्ट ‘छ माया छपक्कै’ मा अनुबन्धित भएकी छिन । उनी मुख्य नायिकामा नभै सानो तर महत्त्वपूर्ण रोलको लागि अनुबन्धित भएको निर्माण टिमले जनाएको छ । फिल्ममा नायिका केकि अधिकारी प्रमुख भुमिका छिन् । गोविन्दसिंह भण्डारी निर्देशित रणवीरले खासै व्यावसायिक सफलता प्राप्त नगरे पनि उनको अभिनयले भने तारिफ पायोे । अब यो फिल्मबाट पनि उनको चर्चा झनै चुलिएर जाने पक्का छ । उनले रणवीरपछि स्प्राइटको विज्ञापनमा अभिनय गरिन् । सुपुष्पाआफूले अभिनयलाई करिअरका रूपमा लिएको बताउछन ।

‘छ माया छपक्कै’ को अहिले सिन्धुलीमा धमाधम छायांकन भइरहेको छ । मुनाफाको ५० प्रतिशत लिने सर्तमा पहिलो पटक बाहिरी ब्यानरसँग दीपकराज गिरी र दीपाश्री निरौला समुहले यो चलचित्रमा सहकार्य गरेको हो । रोहित अधिकारीको एकल लगानीमा निर्माण हुने चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । उनलाई निर्देशनमा ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौलाले सघाउने छिन् । निर्माण टिमले यो चलचित्रलाई दशैंमा प्रदर्शन गर्ने लक्ष्य बनाएको छ । रिलिज अगावै चलचित्रले बक्सअफिसमा रेकर्डतोड व्यापार गर्ने आँकलन फिल्मवृतमा सुरु भइसकेको छ ।

चलचित्रको सुटिङ सेड्युल एक महिनाको छ । ४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण हुन लागेको चलचित्रमा केदार घिमिरे, जितु नेपाललगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्र खिच्ने जिम्मेवारी हरि हुमागाइँको काँधमा छ ।

तपाईको प्रतिक्रिया

Loading…