दिपकलाई गालीको बर्षा, ‘छक्का पन्जा २’ फेरि हलमा लाग्दै तर युट्युबमा आउने छैन टुङ्गो

ईटहरी/ नेपाली सिने उधोगमा सर्वाधिक कमाई गर्ने चलचित्र ‘छक्का पन्जा २’ लाई दर्शकहरुले युट्युबमा व्यग्र प्रतीक्षा गरिरहेका छन् । तर प्रतीक्षामा बसेका ती देश तथा बिदेशमा रहेका नेपालीहरुलाई निराशाको खबर सार्बजनिक भएको छ । फिल्मका निर्माता तथा कलाकार दिपक राज गिरि ले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै चलचित्र ‘छक्का पन्जा २’ फेरि नेपाली हलहरुमा लाग्ने बताएपछि युट्युबमा कुरिरहेका दर्शकहरु आक्रोशित भएका छन् ।

उनले ‘दर्शकहरुको चाहना बमोजिम छक्का पन्जा २ नेपालमा बैशाख १३ गते पुन: प्रदर्सन हुदैछ । बिदेशमा रहनु हुने दर्शकका लागि सोही महिना हेर्ने ब्यवस्था मिलाईदैछ । जय नेपाली चलचित्र ।’ भनेर छक्का पन्जा २ को पोस्टर सहित लेखेका छन् । उनले यो लेखे पश्चात् सो पोस्टमा १ हजार बढी कमेन्टहरु आएका छन् । जस्मा उनलाई धेरैले गाली गरेका छन भने बिबादमा आएको पशुपति शर्माको गित ‘लुट्न सके लुट कान्छा’गितबाट उनलाई व्यंग्य गर्दै ‘लुट्न सके लुट दिपक लुट्न सके लुट’ भनेका छन् ।

छक्का पन्जा २ युट्युबमा सार्बजनिक नगरिएपछी यस्को प्रतीक्षा संगै यो शैलिको बिरोध गर्ने दर्शकहरू पनि धेरै छन् । तर यस्लाई छक्का पन्जा टिमले वास्ता नगरेको बुझ्न सकिन्छ । बिदेशमा रहेका नेपालिहरुले त यस्तो शैलिले आफुहरुमाथि अन्याय गरेको कमेन्टमा लेखेका छन् । तर दिपकले बिदेशमा रहेका दर्शकको लागि सोही महिना ब्यवस्था मिलाईदैछ पनि भनेका छन् । तर युट्युबमै हो वा हलमा भने खुलाएका छैनन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया