दशौं विवाह उत्सवको अवसरमा धुर्मुस–सुन्तलीले ल्याए नयाँ म्युजिक भिडियो (भिडियाे सहित)

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले आफ्नो दशौं विवाह उत्सवको अवसरमा बिहीबार ‘उनी र म’ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका– ८ सन्तपुरमा निर्माण भइरहेको धुर्मुस–सुन्तली फाउण्डेसनको नमुना वस्तीमा उनीहरूले विवाह उत्सव मनाउदै भिडियो सार्वजनिक गरेका हुन्। उक्त घर निर्माण गर्ने कामदारसँगै बसेर उनीहरूले दशौं विवाह उत्सव मनाएका थिए।

भिडियो एकदमै रमाइलो र राम्रो भएको कलाकार धुर्मुसले बताए। म्युजिक भिडियो एकदमै समय सान्दर्भिक भएकाले सबैले एक पटक हेर्नसमेत कलाकार कुन्जना घिमिरे ‘सुन्तली’ले आग्रह गरिन् । सुबिहानी फिल्मसको प्रस्तुति रहेको भिडियोमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव एवं गीतकार दिनेश थपलियाको शब्द, संगीतकार अर्जुन पोखरेलको संगीत अनि चर्चित गायक गायिका राजेशपायल राई र अन्जु पन्तको स्वर रहेको छ। म्युजिक भिडियोमा धुर्मुस र सुन्तलीले अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया