दशैकाे मुखमा रुवाउदै सक्किगोनीले दियाे यस्ताे सन्देश ( भिडियो सहित )

काठमाडौं / हाँस्य टेलिश्रिंखला सक्कीगोनीको भाग ३ सम्म प्रशारण हुदा निकै लोकप्रियता बनेको छ । पहिलेको चर्चित भद्रगोल कै कारण ३ भागमै यतिको चर्चामा भएकाे हो । सक्किगोनी तेस्रो भागमाकाे युट्युवमा लगगभ पाँच हजार कमेन्ट आएका छन् भने, पाँच लाख २२ हजारभन्दा बढीले हेरिसकेका छन् । अधिकांश प्रतिक्रियामा सक्किगोनीको यो भाग निकै उत्कृष्ट भएको दर्शकले दिएका छन् । मिडिया हबसँग कुरा नमिलेपछि कुमार कट्टेल (जिग्री) तथा अर्जुन घिमिरे (पाडे) ले सक्किगोनी नामक टेलिश्रिंखला लिएर आएका हुन् । सक्किगोनीमा निर्माण टिमले निकै मेहनत गरेको देखिन्छ । कथा, सम्वाद तथा कलाकारको उत्कृष्ट अभिनयले सबैको मन जितेको छ ।

यसैबीच हिजो (बिहीबार) प्रशारण भएको तेस्रो एपिसोडमा दर्शकहरु हाँस्दाहाँस्दै भावुक भए । दशैंको रमाइला संवाद र दृश्यबाट सुरु भएको यो श्रिंखला अन्त्यमा वैदेशीक रोजगारीको पीडामा पुगेर टुंङ्ग्याइएको थियो । हिजो प्रशारित श्रिंखलामा पात्र वरिष्ठेले पाडे र धतुरेलाई खोरमा बाँधेको, पाडेले जयन्तेलाई भेँडा बनाएर बिक्री गरेको, बले र कक्रोज वैदेशिक रोजगारीमा गएका व्यक्तिको श्रीमतीसँग नजिकिन खाजेको रमाइला दृश्य र सम्वाद प्रस्तुत छ । तर दसैंको पूर्वसन्ध्यामा एदुमे विदेश जानुपर्ने बाध्यतामा पर्नु र विदेश गएका पुरुषको शव बाकसमा आएको दृश्यले सबैलाई स्तब्ध बनाउँछ ।

जुन औंलाले भोट त्यही औंलाले विदाई, आफ्नै देशमा मर्न पाइयोस् जस्ता उत्कृट संवादकाे प्रयाेग गरिएकाे छ । श्रिंखलाको अन्त्यमा सन्देश पनि दिइएको छ, बैंकमा आउने रेमिट्यान्स मात्र हेरेर मात्र हुँदैन त्रिभुवन विमानस्थलमा काठको बाकसमा आउने लाश हेर्नुपर्छ । बाकसमा लाश मात्र होइन देशको लाचारता पनि सँगै आउँछ । हामी नेपालीको यही चाहना छ कि सरकार आफ्नै देशमा केही गर्न पाइयोस् । आफ्नै देशको माटोमा मर्न पाइयोस् ।

तपाईको प्रतिक्रिया

Loading…