दशैं गीतको भिडियोमा एलिजा गौतम र आकाश श्रेष्ठको मज्जाको ठुम्का (भिडियो)

इटहरी/ कोरोना त्रासले नेपाललाई झनै च्याप्दै लगेको अवस्था छ । लकडाउन सकिएपनी कोरोना संक्रमीत संख्या भने थपिदै गएको छ । यस्तै अवस्थामा संगीतको क्षेत्र केही रुपमा चलायमान भएपनि फिल्मी क्षेत्र भने ठप्पै छ । यतिबेला ठप्प फिल्मी दुनियामा नायिकाको रुपमा उदाउन नसकेपनी म्युजिक भिडियो मज्जैले फापेको नायिकामा पर्छिन एलिजा गौतम । उनको भर्खरै एक गीतमा ठुम्का हान्दै गरेको भिडियो सार्बजनिक भएको छ । उनले पछिल्लो समय अभिनय तथा ठुम्का हानेका सबै गीतहरुले युट्युब तथा सामाजिक संजाल मार्फत खुबै चर्चा पायो । यसैले उनलाई म्युजिक भिडियोमा भने दूध र भात मिल्यो भन्न सकिन्छ ।

यतिमात्र हैन भिडियोमा उनको जोडि चर्चित तथा स्थापित नायक तथा मोडलसंग मात्रै बाधि राखिएको छ । सार्बजनिक गीतमा पनि अभिनेता आकाश श्रेष्ठ संग ठुम्का हानेकी छन् । अभिनेता पल शाह, मोडल तथा गायक दुर्गेश थापा, पुष्प खड्कासंग उनको जोडि जमिसकेको छ भने अब उनको जोडि अभिनेता आकाश श्रेष्ठसंग कत्तिको जम्ने हो त्यो भने हेर्ने बाकि छ । भर्खरै युट्युबमा सार्बजनिक भएको दशै गीतमा उनको जोडिको रुपमा आकाश देखिएका हुन् । हेर्नुस भिडियो यस्तो बनेको छ ।

यो एलिजाको पहिलो दशै गीत हो । सार्बजनिक ‘सानु’ बोलको गीतमा टिकटकमा भाईरल भएकी सानी समईरा थापा र गुराँस ढकालको पनि अभिनय देख्न सकिन्छ । गीतमा प्रताप दास, समिक्षा अधिकारी र आयुषा गौतमको स्वर रहेको छ । यस्तै गीतमा कमल सरगमको शब्द तथा घमेश दुलालको संगीत समाबेश रहेको छ । गीतको भिडियोमा ज्ञानेन्द्र शर्माले क्यामेरा चलाएका छन भने सन्तोष राजबाहकले कोरियोग्राफी गरेका छन् । भिडियोलाइ निर्देशन भने प्रभावन जे गौतमले गरेका छन् । डिएआर मुभिज नामक युट्युब च्यानलबाट उक्त भिडियोलाई सार्बजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया