दयाहाङकी श्रीमतिले गाईन यस्तो गीत (भिडियो सहित)

काठमाडौं । अभिनेता दयाहाङ राई चर्चामा आउनुअघि नै सांगीतिक क्षेत्रमा गायिकाको परिचय बनाएकी उनकी श्रीमति बेनुका राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । दयाहाङ अभिनयमा चर्चामा आएपछि भने सांगीतिक क्षेत्रमा कमै सक्रिय देखिएकी बेनुकाले लामो समयपछि ‘जोगिया…’ बोलको गीत गाएकी हुन् । गीतमा शशी सुमनको शब्द र सचिन सिंहको संगीत रहेको छ । दयाहाङले निर्देशन गरेको कुमार नगरकोटीको नाटक ‘झ्यालिञ्चा’को थिममा भिडियो छायाँकन गरिएको छ । भिडियोको निर्देशन भने सोमनाथ खनालले गरेका हुन् ।

भिडियोको कोरियोग्राफी र नृत्य नम्रता केसीको छ भने ‘झ्यालिञ्चा’का कलाकार बिजय बराल, रञ्जना ओली र नाटक लेखक कुमार नगरकोटीपनि भिडियोमा देखिन्छन् । राष्ट्रिय गान ‘सयौंथुंगा फूलका हामी’ मा बेनुकाको पनि स्वर छ । उनको ‘आउन ठूले फर्कि आउ जोवन त्यसै ढल्नै लाग्यो नि’ बोलको गीत पहिला नै चर्चामा थियो ।

भिडियो:

तपाईको प्रतिक्रिया