थारू गायिका गिता चाैधरीकाे ‘हमे माेरङीया थारनी -३’ युट्युवमा सार्वजनिक

माेरङ / थारू गायिका गिता चाैधरीकाे स्वरमा रहेकाे ‘हमे माेरङीया थारूनी’ बाेलकाे गितकाे तेस्राे सिरिज सार्वजनिक भएकाे छ । ‘हमे माेरङीया थारूनी’ बाेलकाे गित दर्शक स्राेताले धेरै नै रूचाएपछि याे गितकाे दाेस्राे र तेस्राे सिरिज सिरिज सार्वजिनक गरिएकाे हाे । दाेस्राे सिरिज ‘हमे माेरङीया थारूनी -२’
‘थारू के बेटी-प्रेम रतन धन’ काे नाम बाट यस अघि नै सार्वजनिक भइसकेकाे छ भने तेस्राे सिरिज ‘हमे माेरङीया थारूनी -३’ शनिवार गिता चाैधरीकाे युट्युव च्यानलबाट सार्वजनिक गरिएकाे छ ।

थारू सिने जगतका लेखक तथा निर्देशक भुदेव भगतले रचेकाे शब्दमा गिता चाैधरीले सुमधुर स्वार दिएका छन् भने संगित पनि उनकै रहेकाे छ । कम्पाेज गिता चाैधरी र भुदेव भगतले गरेका छन् भने गितकाे एरेन्ज हरून रसिदले गरेका छन् । बिराटनगरकाे स्टार स्टुडियाेमा रेकर्ड गरिएकाे यस गितकाे छायङ्कन भने विरू माझीले गरेका हुन् । थारू भाषा कला संस्कृती र थारू भेषभुषाकाे पहिचान झल्काउने उद्देश्यले गीतकाे रचना गरेाे गीतका शब्द रचनाकार भुदेव भगतले बताए । गितमा खासगरी थारू महिलाहरूले लगाउने पाेषाक अचराकाे बारेमा वर्णन गरिएकाे छ ।
हेर्नुहाेस् भिडियाे :

यसै विच भुदेव भगतकाे शब्द र संगितमा थारू भाषाकाे राष्टिय गीत ‘थारू हम नेपाली अापन देश नेपाल’ पनि सार्वजनिक भएकाे छ । गितमा भरसटाइल गायिका निकिता मण्डलले सुमधुर अावाज दिएकि छीन् । असाेज २६ गते साेमबार मिडिया कन्सेप्त बाट रिलिज गरिएकाे साे गीतमा थारूहरूले अाफ्नाे जन्म भुमी, कर्म भुमी र मरन भुमी नेपाल नै हाे भनि अात्मसात गरेका छन् । थारू जाती अादिवासी हुनु भन्दा पहिला नेपाली हाे भन्ने भाव गीतका माध्यमबाट दर्साउन खाेजेका निर्माता तथा निर्देशक भगतले बताए । गिता चाैधरी र निकिता मण्डलकाे जाेडिलाइ लिएर चाँडै नै अर्काे गीत ल्याउने तयारीमा रहेकाे उनले बताए ।

यता थारू र मैथली गीत गाँउदै अाएकी गिता चाैधरीकाे दशैँ सम्बन्धी नेपाली गित पनि चाँडै अाउने तयारीमा छ ।

तपाईको प्रतिक्रिया