थारु भाषाकाे गित “सुक्रातिके उमङ्ग” काे म्युजिक भिडियो सार्वजनिक

माेरङ / थारु भाषाकाे गित “सुक्रातिके उमङ्ग” काे म्युजिक भिडियो सार्वजनिक भउकाे छ । ‘सुकरात’ (दिपावलीकाे) काे शुभकामना सहित थारु कला केन्द्रले युट्युब च्यानल “बगिया इन्टरटेन्मेंट ” मार्फत शुक्रबार साँझ गित सार्वजनिक गरेको हो । सात मिनेट लामाे यस गितमा पुर्वीया थारू समुदायमा सुकरात (तिहार) कसरी मनाउछन् भनि चित्रण गरिएकाे छ । गित मार्फत अाँउदाे पुस्ताकाे लागि थारू कला संस्कृतिकाे जगेर्ना गर्ने खाेजेकाे थारू कला केन्द्रका अध्यक्ष देवकृष्ण विश्वासले बताए । “निकै ठुलाे लगानीमा गित बनाएका छाै । थारू समुदायकाे मुख्य चाँडहरू मध्ये तिहार पनि एक हाे ।
यस गितमा मुख्यत : थारू समुदायले तिहार कसरी मनाउछन् भन्ने बारे देखाउन खेजेका छाै ।” उनले भने “गितमा थारू समुदायका लाेपाेन्मुख, एतिहासिक ताथा पाैपराणिक सामाग्रीहरूका साथै थारू संस्कृतीकाे बेजेड प्रस्तुती रहेकाे छ । अाशा छ सबैले गित मन पराइदिनुहुनेछ ।”

गितमा देब कृश्न बिश्वास सहित प्रकाश माझी, काशिन चौधरी, सुनीरा चौधरी, अनुमा चौधरीले लगायतले स्वर दिएका छन् भने रयापर तथा डिजे क्राईसिसना बालकृष्ण थारुकाे र्याप समेत हेर्न सकिन्छ । गितकाे म्युजिक भिडियोमा मुख्य भूमिकामा बिएन चौधरी, काशिन चौधरी, गौरब चौधरी, रचना हजारी, सोनम चौधरी, मोनिका चौधरी रहेका छन् । बिट्स स्टुडियो बिराटनगरमा रेकर्ड गरिएको उक्त गितको छायङ्कन सुंनसरीको पचिरामा गरिएको हाे । गितका छायङ्कन श्रवन कुमार चाैधरीले गरेका छन् भने म्युजिक भिडियाेका निर्देशन तथा काेरियाेग्राफी थारू काेरियाेग्राफर रजनिस चाैधरीले गरेका हुन् ।
हेर्नुहाेस् भिडियाे . . . . .

तपाईको प्रतिक्रिया