थारु नृत्य टोली नयाँ दिल्ली प्रस्थान


कञ्चनपुर / अन्तर्राष्ट्रिय जनजाती सम्मेलनमा भाग लिन कृष्णपुर नगरपालिका सिंहपुरको ३२ जनाको थारु नृत्य टोली आज नयाँ दिल्ली प्रस्थान गरेको छ ।

इण्डिया सोसियल इनिस्च्युट नामक संस्थाले आयोजना गर्न लागेको सम्मेलनमा सहभागी हुन प्रस्थान गरेको नेपाली टोलीले जनजाती आदिवासी थारु समुदायको परम्परागत पहिरन, वेषभूषा, बाजासँगै झुम्रा, मुङ्ग्रहुवा र सखिया नृत्य प्रदर्शन गर्ने छ । यी तीन वटै नृत्य थारु समुदायका परम्पराग नृत्यका रुपमा रहेका छन् ।

तान्त्रिक विधिबाट नृत्यको शुरुवात गरिने भएकाले टोलीमा चार जना गुरुवा, नृत्य गर्ने आठ जना महिला र २० जना पुरुष सहभागी रहेका सिंहपुर युवा क्लबका बाबुराम चौधरीले बताउनुभयो । यही साउन २७ गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुनेको सबै खर्च आयोजक संस्थाले व्यहोर्ने छ । सम्मेलनमा दशभन्दा बढी राष्ट्रका जनजाती नृत्य टोलीको सहभागिता रहने जनाइएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…