थामिएनन् स्व.गोमाका बृद्ध बाबुआमाको आँशु

केराबारी । जनवादी साँस्कृतिक कार्यक्रम लिएर धनकुटा पुगेकी छोरी दुर्घटनामा परी अकल्पनीय मृत्यु भएको २७ बर्षपछि उनको सम्झनामा आयोजित नृत्य प्रतियोगितामा प्रतियोगीहरुले छमछ्मी नाचेको हेर्दा बृद्ध भएका आमाबाबुका आँखा मात्र रसाएनन् आफनै छोरीको झझल्कोले मुटु बिझायो । रङको केराबारीस्थित भलुवामा शनिबार गोमा स्मृति प्रतिष्ठानको आयोजनामा २७ ओँ गोमा स्मृति दिबसका अबसरमा भएको एकल नृत्य प्रतियोगितामा सहभागी भएका स्व.गोमाका मातापिता तुलसी र बिष्णुमाया बस्नेतका आँखामा एकाएक आँशु टिलपिलाए । सायद उनीहरुलाई पुरानो यादले बेस्सरी सतायो । २७ बर्षअघि एक कार्यक्रम लिएर धनकुटा पुगेकी कुशल नृत्यकार गोमाको दुर्घटनामा मृत्यु भएको थियो ।

उनको सम्झनामा २०७२ सालमा स्थापित गोमा बस्नेत स्मृति प्रतिष्ठानले हरेक बर्ष बिबिध कार्यक्रम आयोजना गर्दै आएको छ । उनकै सम्झनामा गत बैशाख २० मा केराबारीमा आँखा शिबिर समेत आयोजना गरिएको थियो । गोमाको स्मृतिमा भलुवामा पुस्तकालय सञ्चालित रहेको छ भने उनका बाबुआमाले एक कठठा जमिन समेत प्रदान गरेका छन ।
नृत्यमा खप्पिस स्व.गोमाको स्मृति दिबसमा आयोजित एकल नृत्य प्रतियोगितामा मोरङका केराबारी गाँउपालिका,सुन्दरहरैचा,बेलबारी र लेटाङ नगरपालिकाका २० बिद्यालय सहभागी भएका छन । प्रतियोगितामा नृत्य प्रशिक्षक राजु बस्नेत,शेखर थापा र राहुल राई निर्णायक रहेका थिए । प्रतियोगितामा प्रथम,द्धितिय र तृतियले क्रमश ४ हजार,३ हजार र २ हजार नगद सहित प्रमाणपत्र पाउनेछन ।

स्व.गोमा एक कुशल नृत्यकार भएका कारण उनको सम्झनामा यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा अधिकांश बक्ताहरुले स्व.गोमाको योगदानको चर्चा गरेका छन । प्रदेश १ का गृहमन्त्री हिक्मत कार्की प्रमुख अतिथि रहेको कार्यक्रममा प्रदेश साँसद उपेन्द्र घिमिरे,पुर्ब जिबिस सभापति खडगबहादुर बस्नेत केराबारी गाँउपालिकाका अध्यक्ष रोहित कार्की लगायत बिशिष्ट अतिथि रहेका थिए । गोमा स्मृति प्रतिष्ठानका अध्यक्ष खगेन्द्र सुवेदीको सभापतित्व,सचिब भुपालमान कार्कीको स्वागत मनतब्य र जेबी थुलुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Purbeli TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

एउटा पनि सार्बजनिक शौचालय नभएको खुल्ला दिशामुत्त नगर

खलासी दाई ! के सडक तिम्रो बाऊको बिर्ता हो ?

गरिब,जेहेन्दार र दलित बिद्यार्थीलाई समाजसेवी राईको सहयोग

काम गरेर देखाउने ईप्रका बेलबारी प्रमुख राईको दाबी

धनपालगढीमा राति अनौठो चिज बलेपछि हेर्नेको भिड

बेलबारीका पत्रकार गिरीमाथि आक्रमण,२ जना पक्राऊ

बजेट सम्बन्धमा विराटनगरका उद्योगी ब्यबसायीको यस्ताे प्रतिक्रिया

गणतन्त्र दिवसको शुभकामना मात्र दिने की जनतालाई महशुस पनि गराऊने ?

किन ईटहरीमा आएका सबै डिएसपी बिवादमा मुछिन्छन ?

वन कार्यालयको दादागिरी, उपभोत्तालाई झुक्याएर वन फडानी

तपाईको प्रतिक्रिया