थांकामा जीवन कोर्दा

काठमान्डौ / २०२६ सालमा स्थापना भएको नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिवन केन्द्र अपाङ्गता भएका व्यक्तिहरुको निम्ति सहारा बनेको छ । काठमान्डौको जोरपाटी स्थित रहेको केन्द्रले शारीरिक रुपमा अपाङ्ग भएका व्यक्तिहरुलाई आत्मनिर्भर भई कार्यक्षमता विकासको काम गरिरहेको छ ।

यो केन्द्रले शारीरिक रुपले अपाङ्ग भए पनि सीप र कलामा सपांगताको जनशक्ति उत्पादन गरिरहेको छ । सवारी दुर्घटनाबाट मेरुदण्डको पक्षघात भएर केन्द्रमा विगत ४ वर्ष देखि नवराज कार्की पनि छन् । सुनसरी जिल्ला प्रकाशपुरका नवराज शारीरिक रुपमा अपांग भए पनि थांका चित्र कोर्न, साहित्य रचना गर्न साथै गित गाउन पनि अब्बल छन् ।

कसरी भयो दुर्घटना ?

एसएलसी परीक्षामा जब २ वर्ष असफल भएँ यसले पढाई प्रतिको आशाहरु मर्दै गयो । पढाई प्रति ध्यान केन्द्रित हुन छाडेपछि पैसा कमाउने रहरले छोयो । म १८ वर्षको थिएँ । घरमा परिवारलाई थाहा नदिई भागेर इलामको पुवा खोलाको हाइड्रोपावरमा काम गर्न गएँ । त्यही काम गर्ने सिलसिलामा इलाममा सवारी दुर्घटना हुन पुग्यो । दैनिक यात्राको शिलशिला रोकीए पनि जीवनको यो लामो यात्रा टुंगिन सकेको छैन ।

दुर्घटना पछिका चुनौती

जब शरीरको तल्लो भाग चेतना शुन्य भएको थाहा भयो, त्यस पश्चात् अबको दैनिक कार्य कसरी गर्ने भन्ने चिन्ताले सतायो । लामो समय उपचारको क्रममा घरबाट आर्थिक स्थितीले धान्न नसक्दा शरीरमा ठुलाठुला घाउहरु आए । निष्क्रिय शरीरलाई औषधिको माध्यमबाट संचालन गर्नु पर्ने हुँदा दैनिक खर्चले धान्न नसक्दा परिस्थिती नाजुक हुँदै गयो ।

राष्ट्र कै निम्ति हाइड्रोपावरमा कार्यरत थिएँ तर पनि कुनै प्रकारको सहयोग मिलेन । २०६९ सालमा उपचारको क्रममा काठमाडौं प्रवेश गर्दा मेडिकेयर हस्पिटलमा उपचार गरिरहदा खर्चले धान्न नसक्दा धेरै रिणहरुको बोझले काँध गह्रौँ भाछ । एउटी बुडि भएकी आमालाई छोराको तर्फबाट कुनै जिम्मेवारीपुर्ण निर्वाह गर्न असफल भएको छु । रोगी शरीर समस्या भन्दा पनि आर्थिक समस्याको भारले थिचिएको शरीर धेरै रोगी हुदोरहेछ ।

तालिमबाट राहत

साढे चार वर्ष देखि थांका चित्र कोर्दै आइरहदा धेरै नै आत्मबल मिलेको छ । जिन्दगीभरको भोगाइलाई एउटा फुलसङ्ग तुलना गरेको छु । यहाँ सुख–दुख चलिरहन्छ, फुल जस्तै । ओइलाउने अनि फक्रने त भै नै रहन्छ ।

थांका आर्ट तिब्बतीयन कला शैली हो । जुन तामाङ, शेर्पा जातिहरुले प्रयोग गर्ने गर्दछन् । यो चित्र एउटा नियम भित्र रहेर बनाउनु पर्ने हुन्छ । सोही थांका, सिलाइ बुनाइ, मूर्तिकला विभिन्न शिपहरुबाट उत्पादन बस्तुहरु स्वदेश विदेशमा निर्यात हुने गर्दछ । त्यहीँ रकमबाट संस्था साथै जिवन शैलीमा राहत मिलेको छ ।

राज्यको चाहीँ कस्तो सहयोग छ ?

दुर्घटना कसैलाई नहोस् भन्दा भन्दै पनि आखिर भई नै हाल्छ । यहाँ कोहि दुर्घटनाले निम्त्याएका अपांगताको जीवन जिउने व्यक्ति छन् त कोहि जन्मजात अपांग । कोहि खुट्टा नचल्ने छन्, कोही आँखा नदेख्ने र कान नसुन्ने । यी विभिन्न समस्याका व्यक्तिहरु छन् ।  संस्थाले खाना, बासको व्यवस्था गरेको छ । तर राज्यको नजर उल्टै परेछ क्यार, उपचारका लागि नजर फर्किएनन् । राज्यबाट उपचारका लागि थप सहयोग मिले केही राहत हुने थियो । तर राज्यको पक्षबाट आजसम्म यहाँ कुनै प्रकारको सहयोग मिलेको छैन ।

छोयो ताल रिम्पोक्षे अवतारी लामाले देश विदेशमा अवतारको तालिम दिदै त्यहाँबाट उठेको रकम, व्यक्तिगत फाउन्डेशन र यहिँबाट हामीले उत्पादन गरेका शिपमुलक थांका, मुर्ती लगायतका बस्तुहरु स्वदेश तथा विदेशमा निर्यात हुन्छ्न र सोही रकमबाट संस्था चलिरहेको छ ।

राज्यले के गरिदिए हुन्थ्यो ?

राज्यले सम्पुर्ण अपाङ्ग भएका व्यक्तिहरुका लागि शिक्षा, स्वास्थ्य साथै उपचारको लागि ध्यानाकर्षण गरिदिए । आँखा नदेख्ने, कान नसुन्ने साथै खुट्टा गुमाएका विभिन्न अङ्ग गुमाएका व्यक्तीहरु छौं, सम्पुर्णका लागि उपचार, रोजगारी साथै सीपमुलक कामहरुको अवसर राज्यले प्रदान गरे जीवन जिउन केही राहत मिल्ने थियो ।

जुन यो अपाङ्ग संघ केन्द्र काठमाडौंमा मात्र सिमित रह्यो, यस्ता खाल्का संस्था राज्यको मातहतबाट सम्पुर्ण क्षेत्रहरुमा पनि स्थापना भइदिए हामीले वेसहारा जीवन जिउन बाध्य हुने थिएनन् सायद ।  सरकारको तर्फबाट सहयोग मिले प्रदेश नं. १ आफ्नै क्षेत्रमा पनि यस्तै अपांग संघ संस्था खोलेर योगदान दिने इच्छा छ । कतिपय अङ्ग गुमाएका व्यक्तिहरु अब जिवनको अन्त्य भयो भन्ने मानसिकतालाई अन्त्य गर्दै एउटा सक्षम अनि दक्ष व्यक्ति बनाउन सकिन्थ्यो । तर देश हाँक्नेहरुको मानसिकता अपाङ्ग छन् । यहाँ हाम्रो त कसैको खुट्टा, कसैको आँखा त कसैको कान अपाङ्ग भए पनि आत्मनिर्भर रहन सक्छाँै । उनीहरु कै जस्तो हाम्रो मानसिकता पनि अपाङ्ग भने छैन ।

Purbeli TV

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…