त्यतिबेलै गति छाडेको भए आजको अवस्थासम्म आइपुग्ने थिइन : गायक सन्तोष लामा (भिडियाे)

santosh-lama

काठमाडौँ/ गायक सन्तोष लामा नेपालका चल्तिका गायक मध्येका एक हुन् । नेपाली तारा २ को उपाधि बिजेता समेत रहेका उनी पछिल्लो समय गायन सँगसँगै स्टेज कार्यक्रममा पनि उस्तैगरी ब्यस्त छन् । सन् २०१२ पछाडी ३ सय भन्दा बढी गीत गाइसकेका उनका बटुवा, अम्बर दोस्रो । तेस्रो र अक्षता गरी ३ वटा एल्बम सार्वजनिक भइसकेका छन् ।

हाल नयाँ एल्बम र सिगंल ट्रयाकको तयारीमा रहेका उनी बैवाहिक बन्धनमा बाँधीएको २ वर्ष भइसकेको छ । बाबु बन्ने तयारीमा रहेका उनी आँफुलाई बेलाबेलामा फ्यानहरुले धेरै नै डिस्र्टब गर्थे । तर अचेल भने उनले आँफुलाई फ्यानहरुले प्रेम प्रस्ताव राख्नकै लागी मात्रै नभई सल्लाह सुझाव दिने हिसावले भने सम्पर्क बढी मात्रामा गर्ने गरेको बताए ।

आफु आजको स्थानसम्म आउनुमा आँफु पनि ट्रयाकमा नै रहनु नै मुख्य कारण बताउँछन् उनी । आफ्नो पेशा, गायन र गीत संगीतलाई धर्म बताउने उनी भन्छन्- ‘गीत गाउनु मेरो धर्म हो, धर्म कहिल्यै छाड्दीन ।’ताजा मिडियाले सुरू गरेकाे ताजा टिभीकाे ‘चिट-च्याट’ इपिसाेडमा केके अधिकारीसँग कुराकानी गर्दै गायक लामाले  संर्घषका क्रममा गतिछाडा भएर हिँडेको भए आजको स्थानसम्म अाइनपुग्ने बताए ।

हेर्नुस भिडियाे

तपाईको प्रतिक्रिया

Loading…