तुलसी पराजुलीको ‘खोलीको पानीले’ सार्वजनिक ( भिडियाे सहित)

इटहरी / लोकगायक तुलसी पराजुलीकाे स्वरमा रहेकाे ‘खोलीको पानीले’ सार्वजनिक भएकाे छ । रमेश अधिकारीको शब्द, राजनराज शिवाकोटीको सङ्गीत, अशोक तामाङको सङ्गीत संयोजन रहेको उक्त गीत म्युजिक नेपाल मार्फत सार्वजनिक गरीएकाे हो । किशोर थापाकाे मिक्सिङ, प्रेम थापाको निर्देशन, राम केसीको सिनेम्याटोग्राफी रहेकाे उक्त गीतमा नवीन घर्ती मगरको दृश्य तथा रङ्ग सम्पादन रहेको छ ।

पूर्वेली लोकगायक पराजुलीका कान्छीको छाता, सालैज्यू, खोटाङ जिल्ला, आकाशैको कालो बादल, लेकैमा चौंरी, पाटनैको पातलो च्युरा लगायतका गीत लोकप्रिय रहेका छन् ।

तपाईको प्रतिक्रिया