तुलशी घिमिरेलार्इ गित चाेरी, माफि माग्दै तिरे ५ हजार जरिवाना (भिडियाे सहित)

धरान ।  धरानमा एक सर्जक युवाको सङ्गीत र रचना रहेको गीत अर्कैले स्वर दिएर भिडियो बनाएर बजारमा ल्याएपछि इटहरीका एक गायकले सार्वजनिक स्थलमै माफि माग्दै रू ५ हजार जरिवाना समेत तिरेका छन । इटहरीका गायक तुलसी घिमिरेले केहि समय अघि बजारमा ल्याएकाे किस्ताबन्दीमा… गितकाे भिडियाेमा अाधरीत सब्द तथा गित धरानका सर्जक रमेश प्रसाई र जीवन विष्टले पत्रकार सम्मेलननै गरेर गित चाेरी भएकाे पुस्टि गरेका थिए ।

इटहरीका गायक तुलसी घिमिरेले सर्जक रमेश प्रसाई र जीवन विष्टको रचनालाई म्युजिक भिडियोकै रुपमा युट्वमा सार्वजनिक गरेपछि उनीहरुले आफ्नो गीत आफूहरुको स्वीकृति विना नै म्युजिक डिभियो बनाई सार्वजनिक गरेको दाबी गरे । गायक तुलशी घिमिरेले पनि अन्य स्टेज कार्यक्रममा सुनेकाे भरमा माेबाइलमा रेकर्ड गरी अाफै म्युजिक भिडियाे बनाएकाे स्विकारेका छन । उनले पत्रकार सम्मेलनमै माफि माग्दै जरिवाना सहित रू ५ हजार तिरेका छन ।

करिब ५६ हजार भन्दा बढीले युटुयुवमा हेरिसकेको गीत र भिडियोमा गायक घिमिरे अाफैले स्वर दिएर इटहरीकाे तालतलैया लगायत पर्यटकिय क्षेत्रहरूमा छायांकन गरि भिडियाे बजारमा ल्याएका थिए । तर किस्ता बन्दिमा भन्ने बाेलकाे गित सर्जकहरूले अगाडी नै लेखेर म्युजिक भिडियाेकाे तयारी गर्दैगर्दा साेहि गितकाे म्युजिक भिडियाे युटुवमा सार्वजनिक भएपछि तिनछक्क परेका थिए ।

कलेज पढदै गर्दा अाफुले लेखेकाे गित म्युजिक भिडियाेमा अर्कैकाे स्वमा देखेपछि अाफु तिन छक्क परेकाे गितका लेखक धरानका सर्जक रमेश प्रसाईंले बताए । यता इटहरीका गायक घिमिरेले अाफुबाट गल्ति भएकाे स्विकारेका छन । उनले सार्वजनिकस्थलमै माफि माग्दै रू ५ हजार क्षतिपुर्ति समेत दिइसकेकाे बताएका छन ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

सर्दुमा पुल निर्माणले तिब्रता पायो

लिम्बुको थाँत थलो बचाउन लागे लिम्बुहरु

धरानमा एक अज्ञात बालक माथी एसिड प्रहार

धरानमा घरको छतबाट खसेर एक युवक घाइते

धरानमा खुकुरी प्रहारबाट एक युवक घाइते

भारी मात्रामा पटका सहित तीन भारतीय प्रक्राउ (तस्विरहरू सहित)

धरान स्थित सूर्य कत्था उद्योगा आगलागी, आगलागी अझै नियन्त्रणमा आएन (तस्विरहरू सहित)

जैविक विविधिता पार्क बनाउन जुटे धरानेहरु

असुरक्षासंगै लागू औषध ओसापसारका केन्द्रविन्दु, चोरी बढ्पछि पत्रङ्गबारीमा प्रहरी विट सञ्चालन

धरानको शक्तिपीठ दन्तकाली मन्दिरमा भक्तजनको भीड

तपाईको प्रतिक्रिया