तीन दिने “लिम्बु चलचित्र महोत्सव–२०७४” समूद्घाटन

दमक / लिम्बु चलचित्रकर्मीहरुको संगठन याक्थुङ मुन्चईत चोक सयङको आयोजनमा वुधबारबाट तीन दिने “लिम्बु चलचित्र महोत्सव–२०७४”आयोजना भएको छ । दमक स्थीत किरात भवनमा आयोजित सो महोत्सवको उद्घाटन प्रमुख अतिथी रहेका चलचित्र बिकास वोर्डका अध्यक्ष राजकुमार राईले गरेका छन् ।

 

उद्घाटनकै अवसरमा चोक सयङका अध्यक्ष सुर्य प्रकास चेम्जोङको सभापतित्वमा प्रमुख अतिथी राजकुमार राईबाट लिम्बु चलचित्र क्षेत्रलाई योगदान पुर्याउने पाँच जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा चलचित्र निर्देशक किशोर सुब्बा, अभिनेता एवं निर्देशक प्रेम पंधाक, अभिनेता यासेली योङहाङ, अभिनेत्री तथा निमात्री भिष्मा चेम्जोङ र साँस्कृतिक पोशाक उद्यमी कल्पना योङहाङलाई सम्मान पत्रले सम्मानित गरिएको हो ।

सोही अवसरमा प्रमुख अतिथी राईले चलचित्र क्षेत्र व्यवसायिक क्षेत्रसँगै भाषिक क्षेत्र भएकाले यसमा सँस्कृति पनि मिसिएकोले चलचित्रकर्मीहरुले आफनो कुरा उजागर गर्दै माथि उठ्नका लागि एकजुट हुनुपर्ने कुरामा जोड दिए । प्रमुख अतिथी राईका अनुसार देशको बदलिदो परिस्थितिलाई मध्यनजर गर्दै जातिय चलचित्रहरु साथै स्थानिय स्तरबाट बनेका चलचित्रहरुलाई बजार प्रबद्र्धन गर्न तथा व्यवस्थीत गर्ने कुरा तर्फ ध्यान दिनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । यसैगरी कार्यक्रममा डा.बालचन्द्र सुब्बा, चलचित्र पत्रकार संघ पूर्वान्चल उपाध्यक्ष सन्जु राई, किरात याक्थुङ चुम्लुङ दमकका अध्यक्ष गुमान सिंह सम्बाहाम्फे, सुब्बा, पत्रकार अबोध अविरल, निर्देशक किशोर सुब्बा, शुकराज सुब्बा लगायतले शुभकामना दिए ।

उक्त कार्यक्रममा चर्चित गायक बिनोद खम्बु, राज लाबुङ, लेखनाथ चेम्जोङलगायतले गीत गाएका थिए भने रंगभुमी कलालय धरानका कलाकारले नृत्य गरेका थिए । तीन दिने महोत्सव अवधिभरी लिम्बु सँस्कार, सँस्कृति, रितिरिवाज झल्काउने नौ वटा चलचित्रहरु प्रर्दशन, विविध साँस्कृतिक–साँगितिक कार्यक्रमहरुको आयोजना साथै लिम्बु खाना, पहिरनलगायत विभिन्न सामाग्रीका स्टलहरु पनि रहेने छ । यहि जेष्ठ १७, १८ र १९ गते सम्म आयोजित महोत्सवमा प्रदर्शनी हुने चलचित्रहरु अम्लारी फूङ, पुङसाम, पेकुसामा, सोमिते, माराम, थत्थामा, केवा कोक्मा, पोङमा याम रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

Loading…