‘तिमी संग’ भाद्र ८ र ‘रोमियो एण्ड मुना’ फागुन ११ मा प्रदर्शन पक्का

अहिलेकी निकै चर्चित, ब्यस्त अनि डिमाण्डेड नायिका अभिनित तेस्रो चलचित्र ‘तिमी संग’ ले अब भने आफ्नो फाईनल प्रदर्शन मिति तय गरेको छ । यसअघि भाद्र ८ गते प्रदर्शन मिति तय गरेको ‘तिमी संग’ ले भाद्र १६ गते साम्राज्ञि अभिनत ‘ए मेरो हजुर-२’ प्रदर्शनमा आउने भएपछि आफ्नो प्रदर्शन मितिलाई पोस्टपोन्ड गरेको थियो । फिल्म ‘तिमी संग’को यसअघि २ गीत र एक टिजर सार्बजनिक भैसकेको छ ।

खासमा यो मितिमा सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘रोमियो एण्ड मुना’ प्रदर्शनमा आउने तयारिमा थियो तर यो फिल्मले आफ्नो प्रदर्शन मिति फागुन ११ लाई तय गरेपछि ‘तिमी संग’ भाद्र ८ गते आउने पक्का भएको हो । शिशिर राणाले निर्देशनमा डेब्यु गरेको यो फिल्ममा साम्राज्ञीसँगै नाजिर हुसेन र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको छ । कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको यो फिल्ममा निर्देशक शिशिर राणाले नै कथा लेखेका हुन् ।

त्यस्तै मिस नेपाल २०१२ कि बिजेता समेत बनेकी नायिका सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘रोमियो एण्ड मुना’ले पनि आफ्नो प्रदर्शन मिति तय गरेको छ । धरान र काठमाण्डौमा छायांकन गरिएको यो फिल्म अब फागुन ११ गते सार्बजनिक प्रदर्शनमा आउने छ । फिल्ममा सृष्टि संग नायक बिनय श्रेष्ठले रोमान्स गरेका छन् । प्रसन्न गोपाली, राम शर्मा, कविन शाक्य संगै फिल्मका नायक समेत रहेका विनयले पनि यो फिल्ममा लगानी गरेका छन् । ‘रोमियो एण्ड मुना’लाई नरेशकुमार केसीले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया