निति शाह भन्छिन रातभरी सुत्न सकेकी छैन’ (भिडियो)

मिस इन्टरनेशनलमा भाग लिन जापान पुगेकी मिस नेपाल इन्टरनेशनल निति शाहले नेपाली ग्रामिण महिलाहरुको बिषयमा दिएको बयान केही समय अगाडी सम्म निकै बिबादीत र आलोचित बनेको थियो । यही बिषयलाई लिएर निति माथी गालीको बर्षा नै भयो । बिभिन्न ट्रोलहरु पनि बने । अहिले आएर निति शाहले त्यसको जवाफ दिएकी छिन ।

सामाजिक संजालमा आफु माथी आएका ट्रोलहरु र गालिहरुले आफुलाई फेसबुक खोल्नै डर लाग्ने नितिले बताएकी छिन । रातभरी सुत्न नसकेको उनको गुनासो छ । उनले भनेकी छिन – ‘यती तल गिरेको जस्तो यस अघि कहिल्यै महशुष भएको थिएन ।’ नितिले नेपालका ग्रामिण महिलाहरुको बिषयमा किन त्यस्तो धारणा राखेकी थिइन ? अहिले उनको अवस्था कस्तो छ ? सामाजिक संजालमा आइरहेको आलोचनाको बिषयमा उनी के भन्छीन ?

तपाईको प्रतिक्रिया