तरहरा जेसीज सप्ताह : नृत्यमा कोशी कलेज प्रथम

इटहरी / तरहरा जेसीज सप्ताहको समापनको अवसर पारेर शनिबार तरहरामा लोकनृत्य प्रतियोगिताको आयोजना गरिएको छ । उक्त लोकनृत्य प्रतियोगितामा इटहरीको कोशी सेन्ट जेम्स कलेज प्रथम भएको छ । त्यस्तै उक्त प्रतियोगितामा किरात राई यायोख्या द्धितीय, पूर्वाञ्चल बोर्डिङ स्कुल तृतीय र तरहरा मोडेल एकेडेमी शान्तवना भए भने नव प्रतिभा पुरस्कार रामधुनीको तेह्र बालबालिका स्मृति बिद्यालयलाई प्रदान गरियो ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र शान्तवना हुनेले क्रमश ः दश हजार, सात हजार, पाँच हजार र पच्चीस सय सहित ट्रफी र प्रमाणपत्र हात पारे । कार्यक्रममा युवराज लुईँटेल, प्रनिता तामाङ र सरस्वती योगी निर्णायक रहेका थिए । नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्नका लागि लोकनृत्य प्रतियोगिताको आयोजना गर्नु अत्यन्त प्रशंसनीय कार्यक्रम छ युवारज लुईँटेलले भने । उनले लोक नृत्यमा मात्रै नभई हरेक नृत्यमा आँखाले भाव र हातले इशारा दिनुपर्ने उल्लेख गर्दै आगामी दिनका लागि पनि लोककलाको उत्थान गर्नका निम्ति लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रमकी प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले माचमा बोल्न नसक्ने मान्छे जेसीजमा लागेपछि आम मानिसको अगाडि बोल्न सक्ने बताउँदै प्रशंसा गरिन् । उनले पछिल्लो समय देशमा महिला हिंसा बढिरहेको सन्र्दभ निकाल्दै भनिन्, महिलाहरुले महिला हिंसाका बिरुद्ध अभियान चलाएका छन्, अब पुरुषहरुले महिला हिंसाका बिरुद्ध आवाज उठाउन आवश्यक छ । उनले पुरुषहरुले महिला हिंसाका बिरुद्धमा आवाज उठाए महिला हिंसा न्यूनिकरण हुने तर्क गरिन् । जेसीजले आफ्नो सप्ताहभरी विभिन्न कार्यक्रमअन्र्तगत लोकनृत्यलाई पनि प्राथमिकता दिनु सराहनीय भएको बताईन् । उनले आगामी दिनमा पनि रचनात्मक र सृजनात्मक काम गर्नका लागि शुभकामना दिदैँ भनिन्, जेसीजले बर्षमा साताभरी भन्दा पनि अब बर्सैैभरी जनचेतनामूलक कार्यक्रमको आयोजना गर्नु आवश्यक छ ।

कार्यक्रममा इटहरी जेसीजका अध्यक्ष सोमनाथ गौतम, तरहरा जेसीजका पूर्व अध्यक्ष कृष्ण भट्टराई, तरहरा जेसीजकी निरुपित राष्ट्रिय उपाध्यक्ष सुम्रिता शर्मा लगायतले शुभकामना मंतब्य राखेका थिए । सप्ताहकी मुल संयोजक रीता भुषालले स्वागत मंतब्य राख्दै जेसीजले प्रत्येक बर्ष सञ्चालन गर्ने सप्ताहको अवसर पारेर लोकनृत्य प्रतियोगिता आयोजना गरेको बताईन् । कार्यक्रम संयोजक बहादुर तामाङले आगामी दिनमा पनि लोकनृत्य प्रतियोगिताको सञ्चालन गर्दै जाने बताउँदै धन्यवाद मंतब्य राखे ।

कार्यक्रमका सभाध्यक्ष बर्ष २०१८ का अध्यक्ष निरकाजी गिरी (शेखर) ले लोक कलाको उत्थान र जगेर्ना गर्नका लागि उक्त प्रतियोगिता सञ्चालन गरेको बताए । उनले आगामी दिनमा पनि लोक कलाको उत्थानका निम्ति विभिन्न कार्यक्रमको आयोजना गर्दै जाने प्रतिबद्धता दिलाए । प्रेम चौधरीको सह–संयोजकमा भएको उक्त लोकनृत्य प्रतियोगितामा विभिन्न सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो ।

Purbeli TV

इटहरीमा बसेर खोज तथा समसामयिक बिषयमा कलम चलाउनुहुने रेग्मी पूर्वेली न्युजका सहकर्मी हुनुहुन्छ ।

विवेक विवश रेग्मीबाट थप

१५ बर्षीया बालिका : जसले बुबा गुमाएको २१ दिनमै गुमाइन् आमा

टेग्रा किनारमा भविष्य कोर्दै बिपन्न बालबालिका

लैङ्गिक हिंसामुक्त इटहरी बनाउन जोड

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : इमोर्टल्सले चुम्यो ट्रफी

कवि भिखारीले भने–‘तिमीले राम्रो भनेपछि…’

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : इमोर्टल्स र होराइजन फाइनलमा

प्रदेशस्तरीय बास्केटबल : इमोर्टल्स, अन्डर डक्स, होराइजन बी र सप्तरङ्गी क्वाटरमा

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : तरहरा ए र होराइजन ए क्वाटरमा

तरहरामा प्रदेश १ स्तरीय बास्केटबल प्रतियोगिता भोलीबाट

तरहरा जेसीज सप्ताह : नृत्यमा कोशी कलेज प्रथम

तपाईको प्रतिक्रिया

Loading…