तनावमा छिन् बलिउडको सदाबहार सुन्दरी अभिनेत्री रेखा, यसरी चलाउँछिन अहिले आफ्नो गुजारा

एजेन्सी /  बलिउडमा निकै सुन्दरी अभिनेत्रीको छवि बनाएकी अभिनेत्री रेखाको जिवनमा निकै उतार चढाव आएको समाचारहरुले बेलाबखतमा संचार माध्यमका पानाहरु भरिने गरेका छन् । उनि जतीबेला प्रगतीको सिंडि चड्दै थिईन्, त्यतीबेला देखी एक्लो भैरहेकी छिन् । उनि अहिले सम्म अबिवाहीत छिन् ।

अहिले समय फेरीएको छ, रेखाको उमेर पनि ढल्कीएको छ । जिन्दगीको उत्तरार्धमा रहेकी रेखाले अहिले घर कसरी चलाईरहेकी छिन्, भन्ने कुरा सबैलाई खुल्दुली हुन सक्छ । किन कि आज भोली रेखाले फिल्महरुमा पनि त्यती काम गरेको देखीदैन । उनले अहिले वर्षमा मुस्किलले १,२ ओटा फिल्ममा मात्रै काम गर्ने गरेकी छिन्, । त्यति कामले वर्ष भरी घर चलाउन निकै समस्या हुन्छ ।

भारतीय संचार माध्यमहरुले उल्लेख गरे अनुसार रेखाले दक्षीण भारतमा केही घरहरु किनेकी थिईन, अहिले उनि त्यहिबाट घरभाडा उठाएर पनि खर्च चलाउने गरेकी छिन् । त्यसका अलावा अहिले उनि प्रदेश सभा सदस्य पनि भएकी छिन्, त्यताबाट पनि उनलाई तलब र केही भत्ता आउने गर्छ । यति हुँदा हुँदै पनि उनलाई आफ्नो दैनीक खर्च चलाउन निकै धौ धौ भएको भारतीय संचार माध्यहरुले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया