ट्रेन्डिङमा ३ पुस्ता, रेकर्ड ब्रेक गर्ने ‘रुपै मोहनि’

इटहरी/ बहु प्रतिक्षित चलचित्र ‘सत्रुगते’ को पहिलो गीत ‘रुपै मोहनी’ सार्बजनिक भए पश्चात् अहिले युट्युब ट्रेन्डिङको अग्र स्थानमा छ । यद्यपि रुपै मोहनीले कार्टुन्ज क्रु को ‘कम्मरको ट्याटु’ संग पहिलो स्थानमा जानलाई टक्कर गरिरहनु परेको छ । यी २ भिडियो पालै पालो पहिलो स्थानमा बसिरहेको छ । रुपै मोहनिले रेकर्ड ब्रेक पनि गरेको छ ।

यसअघि चलचित्र ‘छक्का पन्जा-२’ को नाईलनको सारी ले राखेको रेकर्डलाई रुपै मोहनिले तोडेको हो । त्यति बेला नाईलनको सारिले २४ घण्टा भित्र ८ लाख १६ हजार पटक हेरिए संगै छोटो समयमा सर्बाधिक हेरिने भिडियोको रेकर्ड कायम गरेको थियो । हाल रुपै मोहनीले २४ घन्टा भित्र ८ लाख ३० हजार भन्दा बढी पटक हेरेर नाईलनको सारिको रेकर्ड तोडेको छ ।

मह संचारको प्रस्तुतिमा १६ बर्ष पछि फिल्म निर्माणमा फर्किएका किरण केसिले निर्माण गरेको फिल्म सत्रु गते बिरगंज र काठमाडौमा छायांकन सकिएको छ । फिल्ममा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल शिवहरी पौड्याल लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

फिल्मका गीतहरुमा टंक बुढाथोकी र काली प्रसाद बास्कोटा को संगीत समावेश छ भने टंक र काली प्रसाद संगै मिना निरौलाको आवाज पनि फिल्मका गीतमा सुन्न सकिन्छ । प्रदीप भट्टराईको निर्देशन रहेको फिल्ममा हरिबंश आचार्यले कथा लेखेका हुन् । गीतहरुको भिडियोलाई कबिराज गहतराज र प्रबिन सिहले कोरियोग्राफी गरेका छन् भने दीपक राज गिरि, दीपा श्री निरौला, नरेन्द्र कँसकार, शिबहरी पौडेल, यसोधा श्रेष्ठ, रमिला आचार्यको संयुक्त लगानी रहेको छ ।

तपाईको प्रतिक्रिया