ट्रेण्डिङ भिडियो : केकिको ‘काउ’लाई प्रीयंकाले फेक पेजमा मेन्सन गरिन्

पछिल्लो समय गीतको भिडियोहरु सार्बजनिक पश्चात् सामाजिक संजालबाट व्यापक प्रचार प्रसारमा ल्याईने गरिन्छ । फेसबुकका पेजहरुबाट पैसा खर्च गरेर सो भिडियोहरुलाई प्रचार प्रसार गरिन्छ । यस्तै पछिल्लो समय फिल्म कोहलपुर एक्सप्रेसको सार्बजनिक भएको ‘सिओडब्लु काउ’ लाई पनि यसरी नै व्यापक प्रचारप्रसारमा ल्याईएको छ । यसो गर्दा हरेकका फेसबुक वालमा उक्त भिडियो देखिने गर्छ ।

केकि निर्मित फिल्मको उक्त गीतलाई अर्कि चर्चित नायिका ‘प्रीयंका कार्की’ को फेसबुक पेजबाट पनि बुस्ट अर्थात पैसा खर्च गरेर प्रचार गरिएको छ । तर उनले मेन्सन गरेको ‘केकि अधिकारी’को पेज रियल नभई फेक रहेको छ । प्रीयंका को उक्त प्रचारले फिल्म, भिडियो तथा केकिलाई फाईदा त पुग्यो नै तर यता फेक पेजलाई पनि फाईदा पुगेको छ । यो संयोगबस यस्तो भएको पनि हुनसक्छ ।

फिल्मको जनवरी २२ मा सार्बजनिक सो भिडियोलाई यो समाचार तयार पार्दा सम्म ६ लाख ३५ हजार भन्दा बढी पटक हेरिएको छ । ट्रेन्डिङमा समेत बिस्तारै माथी उक्लिदै गएको भिडियो युट्युब नेपाल ट्रेन्डिङको पनि दोश्रो स्थानमा पुगेको छ । भिडियोलाई अहिले सम्म ९ हजार बढी लाईक, १ हजार बढि डिसलाईक र १ हजार बढी कमेन्ट पाएको छ । सार्बजनिक भएको भिडियोको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको युगल आवाज रहेको छ । गीतमा शब्द, संगीत पनि राजनकै रहेको छ । हेर्नुस् भिडियो ।

कोहलपुर एक्सप्रेसलाई केकि अधिकारीले निर्माण गरेकी हुन भने यो उनको डेब्यु निर्मात्री रहेको चलचित्र हो । चलचित्रमा उनी संगै ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्धि तामाङ, रबिन्द्र झा, सुजन कार्की, कुसाग्र भट्टराई लगायत कलाकारहरूको अभिनय रहेको छ । म्युजिक भिडियो निर्देशन गरिरहेका बिशाल भण्डारीले निर्देशन गरेको यो फिल्म उनको पनि डेब्यु निर्देशन हो । यता बलिउडका प्रतिक्षित फिल्महरुको रिलिजले गर्दा फिल्म प्रदर्शन मिति भने अन्यौलमा परेको छ ।

तपाईको प्रतिक्रिया

Loading…