ट्यालेन्ट सोको फाइनल तयारी

खाँदबारी / सुरशाला म्युजिक एण्ड डान्स एकेडेमीले आयोजना गरेको सुरशाला एसइइ ट्यालेन्ट शोको फाइनल मंगलबार हुँदैछ । प्रतियोगिता फाइनलका लागि सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ । फाइनल प्रतियोगितामा चर्चित गायिका मेलिना राई सहित दर्जनौं स्थानीय कलाकारहरुले प्रस्तुति गर्ने जनाइएको छ ।

विगत पाँच वर्षदेखि खाँदबारीमा सञ्चालन हुँदै आएको एकेडेमीले पहिलो पटक एसइइ दिएका विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाको खोजी गर्दै कार्यक्रमको आयोजना गरेको हो । प्रदेश नं. १ स्तरीय गायन, नृत्य, वक्तृत्वकला र अभिनय गरी चार विधामा प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक तथा प्रबन्ध निर्देशक कुमार अनुरागीले बताए ।

प्रदेश १ का विभिन्न १४ जिल्लाबाट अडिसन मार्फत आएका ३ सय ७५ प्रतियोगी मध्ये दोस्रो, तेस्रो चरण हुँदै फाइनलका लागि १९ जना छनौंट भएका छन् । उनका अनुसार एसइइ दिएर बसेका विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्न, उनीहरुको क्षमता प्रस्तुती साथै कला, संस्कृतिको संरक्षण, हस्तान्तरण र पुस्तान्तरण गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया