ज्यानै लियो ‘पद्मावती’ले, लाश झुण्ड्याएर लेखेर छाडियो यस्तो चेतावनी

एजेन्सी। बलिउड फिल्म पद्मावतीको विवादका कारण एक जनाको ज्यानै गएको छ । निर्देशक संजय लीला भंसालीको यो फिल्मको विरोध अत्यन्तै चरम सीमामा पुगिसकेको छ । विरोध गर्नेहरु मान्छेको ज्यानै लिन थालेका छन् ।

जयपुरको नाहरगढ किल्लामा एउटा लाश झुण्डिरहेको अवस्थामा पाइएको छ । यसको आसपासका ढुंगाहरुमा पद्मावतीको विरोधमा केही नाराहरु लेखिएका छन् । लाशको छेउमै भएको ढुंगामा लेखिएको छ ‘हम सिर्फ पुतले नहीँ लटकाते’ (हामी पुत्ला मात्रै झण्ड्याउँदैनौं) । त्यही ढुंगाको तल लेखिएको छ ‘पद्मावती’ । अहिलेसम्म यो लाश कसको हो भन्ने खुलेको छैन । प्रहरीले लाश निकालेर पोष्टमार्टमको लागि पठाएको छ । थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

डिसिनेपालबाट

तपाईको प्रतिक्रिया