‘झ्यानाकुटी’ को ट्रेलर सार्वजनिक

अभिनेत्री निशा अधिकारीले पहिलोपटक निर्माण गरेको चलचित्र ‘झ्यानाकुटी’ को ट्रेलर सार्वजनिक भएकाे छ । सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको सो चलचित्र कमेडी विषयवस्तुमा आधारित रहेको छ । सिमोस सुनुवारले यो चलचित्रको निर्देशन गरेका छन् । फिल्म निर्माणमा निशालाई सिमोसले पनि सहयोग गरेको जनाइएको छ ।

चलचित्रको कथा लेखन प्रदीप भारद्वाजको रहेको छ भने सम्पादन निर्देशक सुनुवारले गरेका छन् । चलचित्रमा सौगात र बेनिशाका साथै पुष्कर गुरुङ, जीवन भट्टराई, सुमि मोक्तान लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्र मङ्सिर ११ मा सार्वजनिक प्रदर्शनमा आउने छ ।

तपाईको प्रतिक्रिया