झापाली गायक प्रविन प्रसाईको ”उडी जाने”सार्बजनिक (भिडियाे सहित)

गायक प्रविन प्रसाई आफ्नो नया गीत ”उडी जाने”लियर पुन  नेपाली सांगीतिक बजारमा आएका छ। उनी करिब १ बर्ष पछि आफ्नै शब्द,संगीत र शैलेन्द्र प्रधान ‘ बाबु ‘संगीत संयोजनमा ”उडी जाने” लिएर आएका हुन् करिब १ हप्ता अघि आफ्नै यु ट्युब च्यान्नल मार्फत गीतको अडियो तथा भिडियो सार्बजनिक गरेका गायक प्रविनको म्युजिक भिडियोमा सुन्दर दृश्यहरु समाबेश गरिएका छन ।भिडियोको क्यामेरा एडिट र निर्देशन बिपिन रिजालले  गरेका हुन् ।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा जन्मिइ हाल झापाको सुरुङामा स्थायी  घर भएका प्रविनले करिब  १० बर्ष अगाडि झापा बाटनै  गीत संगीतको यात्रा सुरु गरेका थिए। ८ बर्ष अगाडी पहिलो एल्बम  बजारमा ल्याएका प्रविन  हाल सांगीतिक छेत्रको अलवा राजधानी काठमान्डौमा रहेर  व्यवसायमा पनि ब्यस्त छन । आफ्नो कार्य ब्यस्तताले पुरा समय दिन नपाये पनि बर्षमा एकवटा गीत निकाल्दै आइरहेको र आगामी दिनमा पनि यो यात्रा जारी राख्ने उनले बताए ।

Purbeli TV

तपाईको प्रतिक्रिया