इटहरी/ भनिन्छ नि संगीतलाई निरन्तरता दिन गार्हो छ , त्यस माथी नेपाली संगीतमा धेरै गार्हो छ भन्ने हल्ला छ । तर केहि कलाकार यस्ता पनि छन जो निरन्तर दुइ दशक देखी यही छेत्रमा समर्पित छन । आफ्नै शैली र छुटै पहिचान बोकेर चर्चा कमाउन्दै अगाडी बढी रहेका गायक जोहेब मानन्धर पनि एक हुन । मिठो गीत पस्केर श्रोताहरु लाई मन्त्रमुग्ध पार्न सफल गायक जोहेब केहि महिना अगाडी मात्र लालुपाते गीत धेरै चर्चा थियो। अहिले यिनै गायकले Valentine Day को समय पारेर “Will You be my valentine” बोलको गीत लिएर बजारमा आएका छन । यसमा गयिका सुनिता दाहालले समेत जोहेबलाई साथ दिएकी छन ।
दाहाल “हिड्दा हिड्दै” भन्ने गीतसगै नेपाली साङ्तिक छेत्रमा आएकी हुन । गीतमा जोहेबको र सुनिता स्वोर राम्रो कोम्बिनेशन देखिन्छ । गायक जोहेबको नै शब्द र संगीत रहेको यस गीतमा राजु ज्ञबक र रचिता क्षेत्रीको अभिनय रहेको छ भने निर्देशन पासङ योन्जन लामाको रहेछ छ ।