संतोष खरेल तथा मेलिना राईकाे “लगन जुर्यो” सार्वजनिक

इटहरी / गायक तथा संगीतकार संतोष खरेल र मेलिना राईको “लगन जुर्यो” सार्वजनिक भएको छ । खरेलको आफ्नै शब्द तथा संगीत रहेको उक्त गीतलार्इ प्रदिप श्रेष्ठले एरेन्ज गरेका हुन् । भ्वाइस रेकर्डिङ नक्सालमा रेकर्ड गरिएको उक्त गीतमा रदिफ श्रेष्ठको मिक्सिङ् रहेको छ । खरेलको अनन्त यात्रा, एक नजर, तिम्रो साथ, प्रेमी पागलपन, यो मन लगायतका राष्ट्रिय तथा आधुनिक गीति एल्बमहरू बजारमा आइसकेका छन् ।

लगभग ५०, ६० गीतहरूमा स्वर तथा संगीत दिइसकेका तिम्रा लागि रूने धेरै छन्, गायक खरेलले नेपाल आमा, देश बचाउन, शान्तिको फूल फूल्छ लगायतका राष्ट्रिय गीतका साथै जेष्ठ नागरिक सम्बन्धि गीत, बाल गीत, भजन, पर्व गीत जस्ता थुप्रै राष्ट्रिय तथा आधुनिक गीतमा स्वर, शब्द संगीत दिइसकेका खरेलकाे पछिल्लाे समय सार्वजनिक भएकाे “लगन जुर्‍यो” भिडियाे हेर्नुहाेस् ।

तपाईको प्रतिक्रिया