“जीवन यहाँ यस्तै छ” बोलको गीत सार्वजनिक (भिडियाे सहित)

इटहरी / “जीवन यहाँ यस्तै छ” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । “उदयपुर मिडिया हब”ले निर्माणमा उक्त म्युजिक भिडियो सार्बजनिक भएको हाे । उक्त गीतको शब्द, संगीत र स्वर प्रेम सेन्चुरीको रहेको छ भने उनलाई वरिष्ठ गायिका सपनाश्रीले साथ दिएकी छिन् ।

नेपाली घरगाउॅको जनजीवनको पिडालाई यथार्थमा उतार्ने प्रयास गरिएको उक्त गीतको म्युजिक भिडियो स्तरीय बनेको गायक सेन्चुरीले बताए । म्युजिक भिडियोमा कलाकारहरु अप्सरा चाम्लिङ राई, परिस्मा राई, गणेश प्रदेशी, दिनेश राई(कान्छा)ले अभिनय गरेका छन् भने स्वयंम गायक प्रेम सेन्चुरीले समेत अभिनय गरेका छ्न् । यस म्युजिक भिडियोको निर्देशन उदयपुर मिडिया हबका सदस्य प्रेम जंग किराॅतीले गरेका छन् ।

यस गीतलाई संयुक्त राज्य अमेरिका र उदयपुर जिल्लाकै चौदण्डिगढी नगरपालिकाको गढन्तामा छायांकन गरिएको हो । म्युजिक भिडियो अहिले धेरैले राम्रो भएको प्रतिक्रिया आइरहेकाे राइले बताए ।

भिडियाे

तपाईको प्रतिक्रिया