जापान एअरपोर्टबाटै फर्काइयो फुलन्देकी आमालाई, यस्तो छ कारण !

जापान / पछिल्लो समय बिदेशमा आफ्नो प्रस्तुति दिनका लागि गएका नेपाली कलाकारहरुलाई एक पछि अर्को किसिमका अवरोध पुर्याउन थालिएको छ । केहि महिना अघि मलेसिया पुगेका गायिका श्रेया राई र सुनिता थेगिमलगायतका कलाकारलाई मलेसियामा पक्राउ गरेर केहि दिन कस्टडीमै राखियो र नेपाल फर्काइएकाे थियाे । सो घटना सेलाउन नपाउदै एक कार्यक्रमको लागि जापान पुगेका हास्यकलाकार उमेश राई (फुलन्देकी आमा) र लोकगायिका सबिना गुरुङलाई पनि जापानको विमानस्थलबाट नै नेपाल फर्काइएको छ ।

अहिलेका चर्चित हास्य कलाकार उमेश राई उर्फ फुलन्देकी आमा र गायिका सबिना गुरुङलाई तमु धिं जापानको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको रोधी साँझ कार्यक्रमको लागि बोलाइएको थियो । तमु धिं जापानले आयोजना गरेको २३ औ रोधी साँझ तथा रजत जयन्ती २०१९ को लागि गएका उनीहरुलाई नेपालस्थित जापानी दूतावासले प्रवेशाज्ञा (भिसा)दिएको थियो तर विमानस्थलबाट बाहिरिने क्रममा भएको चेकजाँचमा प्राविधिक त्रुटि भएको भन्दै उनीहरुलाई फिर्ता पठाइएको तमु धिं जापानले एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको छ । यद्यपि यी दुई कलाकार नभए पनि कार्यक्रम भने तोकिएकै मितिमा हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…