जापानमा संगीतकार चेतन सापकोटाकाे एकल साँझ हुने

संगीतकार चेतन सापकोटा जापानमा एकल साँझमा गुञ्जने भएका छन । जापानको टोकियोमा सनिवार अर्थात जनवरी १३ तारिखमा ‘चेतन सापकोटा एकल साँझ’को आयोजना गरिएको हो । झण्डै २ घन्टाको उनको प्रस्तुती रहने कार्यक्रममा उनले आफ्ना र अग्रज तथा समकालिन गायक तथा संगीतकारका गरी डेढ दर्जन भन्दा बढि गीत गाउने तयारी गरेका छन । एउटा संगीतकारको एकल साँझ त्यो पनि बिदेशमा सायद यो पहिलो पटक होला । आफूलाई आयोजकले ठूलो सरपराइज दिएको र सम्मान गरेको सापकोटाले बताए । संगीतकार संघ नेपालका बर्तमान सचिव समेत रहेका सापकोटाको एकल साँझ हुन लागेको सुन्दा संघका अध्यक्ष लक्ष्मण शेषले खुशी ब्यक्त गरेका छन । शेष भने “यो संगीतकार आफैमा पनि राम्रो प्रस्तोता हो भन्ने उदाहरण मात्र हैन संगीतकार एक्लै स्टेजमा प्रस्तुतीका लागि उत्रिनु र उतारिनु संगीतकारहरुका लागि गर्बको बिषय हो ।

म कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछु ”। संगीतकार सापकोटाले आफ्नो प्रस्तुतिका क्रममा नेपाली स्रष्टाहरुको सम्मानमा कहिकतै कञ्जुस्याई नगर्ने बताए । उनले कार्यक्रममा प्रस्तुत गरिने गीतका सर्जकका लागि रोयल्टीको ब्यबस्थागर्न आयोजकलाई आग्रह गर्ने पनि बताए । साथै संगीतकर्मी कल्याणकारी कोष बृद्धिका लागि पनि जापानमा रहेका संघ संस्था र संगीतप्रेमी हरुलाई अनुरोध गर्ने बताएका छन ।

जापानको सिनोओकुवोमा रहेको सोलमारी मुरा हलमा सापकोटाले ट्रयाकमा आफ्नो लाइभ स्वर सुनाउने छन ।
यो चाँजोपाँजो प्रवासी नेपाली मञ्च जापान र नेपाली प्रगतिशिल मञ्च जापानले मिलाएका हुन । यसअघि सापकोटाले जापानको ओशाका र नागोयाका छुट्टाछुट्टै कार्यक्रममा आफनो प्रस्तुतिले प्रशंसकको मन जितिसकेका छन । सापकोटाले जापानमा रहेका पायक पर्ने सबैलाई आफ्नो एकल साँझमा उपस्थित भईदिन अपिल समेत गरेका छन ।

तपाईको प्रतिक्रिया