‘जाईरा’मा अनुप बिक्रम संग नम्रताको रोमान्स

पछिल्लो दुइ फिल्म होमवोर्क र सोल सिस्टरमा असफलता बनेकी अभिनेत्री नम्रता श्रेष्ठ पुन चुनौतिको सामना गर्दै नया फिल्म ‘जाइरा’ मा आउने भएकि छिन । उनले अभिनय गर्न लागेको चलचित्र ‘जाइरा’मा उनि एक बक्सिङ्ग खेलाडीको रुपमा देखिदै छिन । यो फिल्म पूर्ण स्पोर्ट जानराको हो या होइन यस बारे भने कुनै पनि कुरा बाहिरिएको छैन ।

फिल्महरुमा प्राय: जसो भिलेनको रोलमा देखिने अनुपबिक्रम शाही संग अभिनेत्री श्रेष्ठले एकसाथ पहिलो पटक स्क्रीन शेयर गर्ने भएकी छिन् । नेपालि चलचित्र क्षेत्रमा यसै फिल्मबाट निर्देशक आशुतोष श्रेष्ठले डेब्यु गदैछन । चलचित्रको मुख्य भूमिकामा रहेकी अभिनेत्री नम्रताले अहिले आफ्नो भूमिकालाई अब्बल बनाउन जिम र बक्सिङ्ग सिक्दैछिन ।

तपाईको प्रतिक्रिया