जल शाहकी आमा साहित्यकार प्रेमा शाहको निधन

काठमाडौँ । नायिका जल शाहकी आमा तथा साहित्यकार प्रेमा शाहको ७५ बर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अमेरिकामा नै रहेकी प्रेमाको उपचारका क्रममा अमेरिकाको साल्ट लेक सिटी स्थित इन्टर माउन्टेन हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विक्रम संवत् ००२ सालमा बीरगञ्जको श्रीपुरमा उनको जन्म भएको थियो । प्रेमा नेपाली साहित्य कि एक उज्वल महिला हस्ताक्षरका रुपमा परिचित छिन् । उनका पँहेलो गुलाफ कथा संग्रह २०२३, ‘विषयान्तर’ ०२८ चर्चित कृतिहरु हुन् । उनका ‘ममी’ र ६ वटा वालकथा र ३ बाल उपन्यास पनि प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया