जय सम्भु मार्फत शिल्पा पोख्रेल भोजपुरी सिने उधोगमा डेब्यु (टिजर सहित)

काठमाडौ/ बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेल अहिले बाक्लो चर्चा र आलोचनाबाट यतिबेला अलि ओझेलमा छिन् । छविराज ओझाको लगानीमा बनेको ‘लज्जा’बाट चलचित्र अभिनयमा डेव्यु गरेकी शिल्पा अब भने भोजपुरी चलचित्रमा पनि अभिनय गर्ने भएकी छिन् ।

आफूभन्दा दुई गुणा बढी उमेरका छविसंग विवाह गरेकी नायिका शिल्पा पोखरेल भोजपुरी चलचित्र जय शम्भु मार्फत भोजपुरी सिने उधोगमा डेब्यु गर्ने भएकी हुन् । उक्त चलचित्रको टिजर शुक्रबार सार्वजनिक भएको छ ।

उनि आफुले भोजपुरी चलचित्रमा अभिनय गरेको सामाजिक सञ्जालमा समेत जानकारी गराएकी हुन् । सोनु खत्रीको निर्देशन रहेको यस भोजपुरी चलचित्रमा शिल्पा पोखरेल, प्रदीप पाण्डे, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय रहेको छ । दर्जनौ चलचित्रमा अभिनय गरेकी उनि म्युजिक भिडियोमा पनि उतिकै सक्रिय रहेकी छिन् ।

तपाईको प्रतिक्रिया

Loading…