जनावरका लागी प्रियंका र आयुष्मानले गरे १ लाख सहयोग

काठमाडौं/ लकडाउनमा यतिबेला अधिकांश मानिस आफ्नो परिवारका साथ घरभित्रै छन् । कोरोना भाइरस (कोभिड-१९) बाट बच्न घर बस्दा विभिन्न परिकार बनाउने, खाने अनि रमाउने गरेको देखिन्छ । मानिस घरभित्र बसेपछि मानिसका सबै क्रियाकलाप घरमै सीमित बनेका छन् । बाहिर वातावरणमा हुने गतिविधि ठप्प छ । मठ मन्दिरमा पूजा बन्द छ ।

बजार, पसल, होटल रेस्टुरेन्ट बन्द छन्, जसका कारण परेवालेचारा खान पाएका छैनन् । होटलले फ्याँकेका खानाको भरमा रहेका कुकुर, बिराला पनि भोकै छन् । पशुपति रस्वयम्भूका अनगिन्ती बाँदरको हुल भोकलेघरि कता, घरि कता आँखा लगाउँदै मानिसको प्रतीक्षा गरिरहेका छन् । हिजो सनिवार वर्ल्ड स्ट्रे एनिमल्स डे’अर्थात् ‘विश्व सामुदायिक पशु दिवस ।

आवारा जनावर र सडकमा रहेका पशुहरुको उचित व्यवस्थापन र खानपानको लागि काम गर्ने विभिन्न संघ संस्थाहरुले आज विविध कार्यक्रम गरी मनाउँछन् । यस्ता जनावरका लागि लागि प्रियंका कार्की र आयुष्मान देशराजको आयांका फाउन्डेसनले १ लाख सहयोग गरेका छन् । आयंका जोडीले एनिमल नेपाल नामक सस्थालाई एक लाख हस्तान्तरण गरेका छन् ।

यसको साथमा अन्य ५ सस्थाले साथ मिलेर यो अवस्थामा काम गर्नेछन् । यो संगै एनिमल नेपालले चलाउने, ‘एक कचौरा पानी, र एक कचौरा खाना’ अभियानमा पनि आयंका जोडीको साथ रहनेछ । यो अभियानमा आफ्नो घरमा रहेको बोतल अथवा अन्य केहि भाडामा आफ्नो घर अगाडि पानी र खाना राख्नको लागी अनुरोध गरिनेछ ।

तपाईको प्रतिक्रिया

Loading…