छैँटाै यलम्बर नाईटमा गुन्जिए राजेश र मेलिना : तक्मेको कमेडी सँगै दयाहाङ् र केकीको केमेष्ट्री

hongkong-12   हङकङ / किरात राई यायोक्खा हङ्कङको प्रस्तुती यलम्वर नाईट छैटौमा नेपालबाट आएका जम्बो कलाकारहरुको टोलीले हङ्कङेली दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका छन् । राजेशपायल राई, मेलिना राई, दयाहाङ् राई, केकी अधिकारी, विल्सन बिक्रम राई लगायतका स्टार कलाकारहरुको टोलीले मध्य रात सम्म हङ्कङ स्थित युङ्लुङ् थिएटरमा धमाका मच्चाएको थियो ।

hongkong

राई ईज किङ्को उपाधी पाएका राजेश र चर्चित गायीका मेलिनाले दर्जन बढि आफ्ना चर्चित गित मार्फत हङ्कङेली दर्शकहरुलाई नचाएँ । हास्यकलाकार विल्लस विक्रम राईको कमेडी गित र प्रस्तुतीले दर्शकहरुलाई चुप बस्न दिएन । ब्यस्त नायक दयाहाङ् र नायीका केकीको प्रस्तुतीलाई पनि खुवै रुचाईयो ।

melina

यसैबिच यायोक्खाले आमन्त्रित कलाकारहरुलाई एक कार्यक्रमबीच विदाई तथा सम्मान गरेको छ । बगैंचा रेष्टुरेष्ट एण्ड बारमा आयोजित विदाई कार्यक्रममा उपस्थित विभिन्न संस्थाका प्रतिनिधीहरु र आयोजकका सदस्यहरुले कलाकारहरुको प्रस्तुतीको प्रशंसा गरेका थिए ।

rajes-payal-rai

केमेष्ट्री मिलेका कलाकारहरु भएकाले पनि दर्शकहरुको उपस्थित उल्लेखमय भएको यायोक्खा अध्यक्ष रजिन राई बताउँछन्, भन्छन्– “यलम्वर नाईटको छैटौ संस्करण सोचेको भन्दा उत्कृष्ट भयो, सवैको साथ र सहयोगको लागी ह्रदयबाटै धन्यवाद ।”
                                                                  तस्विरहरू – ब्लाक पिग हङ्कङ

तपाईको प्रतिक्रिया

×