छायांकनरत फिल्म ‘लक्ष्मीपुजा’मा जाहन्वीसहित सलोन र रियाशा

इटहरी/ सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भइरहेको चलचित्र ‘लक्ष्मीपूजा’ यही दशैंमा रिलिज हुने भएको छ । चलचित्रको यतिबेला उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ । समिर मियाँले निर्देशन गरिरहेको चलचित्रमा शोभित बस्नेत निर्माता छन् ।

चलचित्रमा जयकिशन बस्नेत, जाहन्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । चलचित्रमा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् । निर्माता शोभितका अनुसार जाहन्वीको शीर्ष भूमिका रहने चलचित्रमा उनी दोहोरो भूमिकामा देखिँदैछिन् ।

पारिवारिक प्रेमकथा रहने चलचित्रमा दशैं र तिहारको परिवेश देखाइनेछ । चलचित्रमा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।

तपाईको प्रतिक्रिया