छमछमी-३ को उपाधी सरोजलाई, दोश्रो बनिन् धराने चेली मनिता

नेपाल टेलिभिजनद्वारा सञ्चालित हालसम्मकै ठूलो नेपाली डान्सिङ रियालिटी शो रियो छमछमीको सिजन थ्रीमा २ लाख ७४ हजार ७ सय ७४ एसएमएस भोट पाएर हेटौडाका सरोज राना प्रजा बिजेता बनेका छन् । उनले डाट्सन रेडी गो कार पुरस्कार पाएका छन् । उक्त शोमा धरानकी मनिता राई फस्ट रनर अप बनेकी छन् ।

उनले २ लाख १ हजार ४ सय १७ मत ल्याएकी थिइन् । राईले ५ लाख रुपैयाँ बराबरको एलजी होम अपलायन्सेस पाएकी छन् । त्यस्तै सुर्खेतका शेखर घर्तीमगर सेकेण्ड रनर अप बनेका छन् । ९३ हजार ८३० एसएमएस पाएका उनले पुरस्कारस्वरुप ३ लाख बराबरको एलजी होम अपलायन्सेस पुरस्कार पाएका छन् । रामेछापकी रविता मगरले चौथो बनिन् भने धरानकी केविका खत्री पाँचौं बनिन् ।

 

तपाईको प्रतिक्रिया