‘छक्का पन्जा ३’मा स्वस्तिमाको इन्ट्री

चलचित्र ‘छक्का पन्जा २’मा मुख्य भूमिकामा रहेकी नायिका स्वस्तिमा खड्का चलचित्र ‘छक्का पन्जा ३’मा भने नदेखिने पक्का थियो । चलचित्रको शुभसाइतदेखि छायांकन सुरु भैसक्दा पनि नायिकाको रुपमा दिपिका प्रसाइको मात्र नाम अगाडि आएको थियो ।

तर, नायिका स्वस्तिमा खड्काको ‘छक्का पन्जा ३’मा इन्ट्री भएको छ । हाल पोखरामा धमाधम छायांकन भैरहेको चलचित्रको सेटमा स्वस्तिमा पनि छिन् । स्वस्तिमा चलचित्रमा इन्ट्री भएसँगै यसले दर्शकमा अझै कौतुहलता बढाउने देखिएको छ । दिपाश्र निरौलाले निर्देशन गरिरहेको यो चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको छ । असारको पहिलो साता पोखराको छायांकन सकेर काठमाण्डौ र्फकने दिपाश्रीले बताइन् ।

चलचित्रमा स्वस्तिमाको भूमिका के त ? दिपाश्रीले भनिन्-‘चलचित्रको एउटा गीतमा स्वस्तिमालाई देख्न सकिनेछ । त्यो अगाडि केही दृश्य पनि छ, जसमा स्वस्तिमाले अभिनय गरेकी छिन् । उनको दृश्य खिचिएतापनि गीतको भने छायांकन बाँकी नै छ ।’

दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्दि तामाङ, दिपिका प्रसाई, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्र दशैको फूलपातिबाट रिलिज हुँदैछ ।

Purbeli TV

तपाईको प्रतिक्रिया