‘छक्का पञ्जा २’का नायक स्वरुपले कसे मुस्कान संग लगनगाठो, हेर्नुस् (तस्वीर सहित)

ईटहरी/ अभिनेता स्वरुपपुरुष ढकालले इन्गेजमेन्ँट गरेका छन् । सोमवार उनले मुस्कान सुवेदीसँग औंठी साटेका हुन् । इन्गेजमेन्ट समारोहमा दुबै पक्षका परिवारको उपस्थिति थियो । विवाहको मिति बैशाख २९ गतेलाई तोकिएको छ । दुईबीच मागी विवाह हुन लागेको हो । स्वरुप अभिनीत चलचित्र ‘छक्का पञ्जा २’ गएकोे दुई वर्ष अगाडि प्रदर्शनमा आएको थियो ।

यस वर्षको बैशाख अभिनेता स्वरुपका लागि दुई कुराले अविस्मरणीय हुने भएको छ । पहिलो, बैशाख अन्तिमबाट उनी जीवनको दोस्रो अध्याय सुरु गर्दैछन् । दोस्रो, लगनगाँठो कस्नुभन्दा अगाडि उनी अभिनीत चलचित्र ‘छक्का पञ्जा २’ पुनः बैशाख १३ गते हलमा प्रदर्शनमा आउँदैछ ।

हलमा रिलिज भएको दुई वर्ष वितिसक्दा पनि युट्युब रिलिज नभएको यस चलचित्र फेरि एकपटक दर्शकले हेर्ने इच्छा व्यक्त गरेका कारण प्रदर्शन गर्न लागिएको कलाकार तथा निर्माता दीपकराज गिरीले बताएका छन् । यसमा स्वरुपको जोडी अभिनेत्री स्वस्तिमा खड्कासँग बाँधिएको छ । यो चलचित्रले बक्सअफिसमा मनग्य पैसा कमाएको थियो ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…